नेको इन्स्योरेन्स ५० प्रतिशत हकप्रदका लागि पुग्यो धितोपत्र बोर्ड

Nov 29, 2017 Merolagani

बीमा समितिले तोकेको चुक्ता पूँजी कायम गर्न प्रयासरत नेको इन्स्योरेन्स कम्पनी (NIL) ले चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद निष्काशन गर्न धितोपत्र बोर्डमा निवेदन दर्ता गरेको छ । कम्पनीले हकप्रद जारी गर्न मंसिर ५ गते निवेदन पेश गरेको धितोपत्र बोर्डले जनाएको छ ।

नेकोले दुई बराबर एक कित्ता अनुपातमा ३९ लाख २० हजार ९२८ कित्ता हकप्रद सेयर विक्री गर्न अनमुति माग गरेको हो ।

हकप्रद निष्काशन गर्नका लागि एनएमबि क्यपिटललाई बिक्री प्रबन्धक तोकिएको छ । 

गत बर्षको १० प्रतिशत बोनसपछि इन्स्योरेन्सको चुक्ता पूँजी ७८ करोड ४१ लाख रुपैयाँ पुगेको छ । प्रस्तावित हकप्रद विक्रीपछि नेकोको चुक्ता पूँजी एक अर्ब १७ करोड ६२ लाख नाघ्नेछ ।

असोज १० गते सम्पन्न २२ औ बार्षिक साधारणसभाले चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद प्रस्ताव पारित गरेको थियो ।

बीमा समितिले २०७५ असार मसान्तसम्ममा निर्जीवन जीवन बीमा कम्पनीलाई न्यूनतम एक अर्ब तथा जीवन बीमा कम्पनीलाई दुई अर्ब चुक्ता पूँजी कायम गर्न निर्देशन गरेको थियो ।

चालु आवको प्रथम त्रैमासमा कम्पनीले तीन करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी वार्षिक २० रुपैयाँ ३० पैसा कायम गरेको छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।