अपी पावरको २ सय प्रतिशत हकप्रद यसरी पर्दैछ अन्यौलमा

Nov 29, 2017 Merolagani

गुरुप्रसाद न्यौपाने अध्यक्ष रहेको अपी पावर कम्पनीको हकप्रद निष्काशनमा अन्यौलता थपिएको छ । सिद्धकाली पावरले निर्माण गर्ने भनिएको ७५ मेगावाट क्षमताको जलविद्युत आयोजनाको क्षमता एक तिहाईमा सीमित गर्ने योजना सार्वजनिक भएसँगै अपीको हकप्रद निष्काशनको सम्भावना घटेको हो । त्रिशुली गल्छीको मुख्य प्रबर्द्धक अपी पावर कम्पनी रहेको छ ।

७५ मेगावाट क्षमताको त्रिशुली–गल्छी जलविद्युत आयोजनाको क्षमता घटेपछि मुल प्रबर्द्धक अपि पावर कम्पनीको हकप्रदमा अन्यौलता थपिएको हो । गल्छीको प्रबर्द्धक सिद्धकाली पावर लिमिटेडले श्रोत जुटाउन नसक्ने भएपछि ७५ मेगावाटको आयोजनालाई २६ मेगावाटमा सीमित गर्ने भएको हो । उसले विद्युत विकास विभागमा सुरुङ्ग निर्माण गर्दा लागत बढ्ने भन्दै सुरुङ्ग बाहेकको आयोजना निर्माण गर्ने योजना विभागमा बुझाएको छ । यस सम्बन्धमा आइतबार विभागमा कम्पनीले प्रस्तुती दिएको थियो । आयोजनाको क्षमता घटाउने योजनासँगै अपीको हकप्रदको औचित्य र हकप्रद निष्काशन गर्नुपर्ने कारणमा प्रश्न चिन्ह खडा भएको हो ।

एकाएक आयोजनाको क्षमता ४९ मेगावाटले घटाउने योजना विभागमा पुगेपछि विभागले त्यसको कारण माग गरेको थियो । सिद्धकालीले ८ किलोमिटर लामो र ८.१ मिटर गोलाईको सुरुङ्ग निर्माण गर्दा जोखिम बढ्ने भएकाले जोखिम वहन नगर्ने कारण विभागलाई दिएको छ । उसले सुरुङ्ग निर्माणका लागि ठुलो लगानी आवश्यक पर्ने र त्यो सम्भव नभएकाले आयोजनाको क्षमता घटाइएको जानकारी विभागलाई गराएको थियो ।

...[बिजुली खेलाडी गुरु न्यौपानेलाई बैंक तथा लगानीकर्ताले नपत्याए पछि त्रिशुली गल्छी अन्यौलमा]...

यस अघि नै सिद्धकालीको नाममा त्रिशुली गल्छी निर्माण गर्न भन्दै गुरुप्रसाद न्यौपापनेले अर्बाै रुपैयाँ उठाईसकसेका छन् । केही समय अघि अरुण काबेलीको साधारण सेयर निष्काशन गर्ने क्रममा सिद्धकालीको सेयरमा लगानी गर्न आह्वान गर्दै पर्चा तथा फारम बाँडेर पनि रकम उठाइएको थियो । यस सम्बन्धमा धितोपत्र बोर्डमा उजुरी परेपछि बोर्डले सूचना मार्फत सेयरका नाममा रकम संकलन नगर्न सचेत गराएको थियो । यसरी कम्पनीले रकम उठाएको सम्बन्धमा मेरोलगानीले खबर सम्प्रेषण गरेको थियो ।

...[त्रिशुली गल्छी हाईड्रो बनाउन भन्दै सर्बसाधारणबाट ९० करोड असुलेर सेयर बजारमा लगानी]...

त्रिशुली गल्छीमा ८० प्रतिशत प्रतिशत स्वामित्व अपी पावरको छ । त्रिशुली गल्छी आयोजना बनाउनका लागि भन्दै अपीले २ सय प्रतिशत हकप्रद सेयर निष्कासनको प्रचार गरेको २ वर्ष पुग्न लागेको छ । पछिल्लो पटक मात्र अपीले गत असार ३० गते त्रिशुली–गल्छीका लागि भनेर १ बराबर २ अनुपातमा २ अर्ब १० करोड रुपैयाँको हकप्रद सेयर निष्कासन गर्न धितोपत्र बोर्डमा प्रस्ताव पुर्याएको छ । त्यस पहिले २ अर्ब रुपैयाँको हकप्रद प्रस्ताव बोर्डमा दर्ता गरेको थियो । नियमक नभएको कारण देखाउँदै धितोपत्र बोर्डले बैंक वित्तीय संस्था तथा बीमा बाहेकका कम्पनीलाई यस्तो सेयर निष्काशनमा कडाई गरेको थियो । अपीले अझैसम्म बोर्डबाट हकप्रदको अनुमति पाएको छैन ।

...[अरुण भ्यालीको जलबिद्युत कम्पनीमा पारिवारिक ठेक्का, दुई अर्ब बढीको भ्रष्टाचार]...

आयोजनाबाट बैंक तथा वित्तीय संस्था पछि हटेपछि आयोजनाको क्षमता घटाएको हो । डलर अर्बपति विनोदकुमार चौधरीले आयोजनामा लगानी गर्ने भनेकोमा उनी पनि पछि हटेपछि आयोजना अन्यौलमा परेको छ । कम्पनीका अध्यक्ष न्यौपाने अहिले लगानीकर्ता खोज्दै हिडेको अवस्थामा अपीको हकप्रदको सार्थकता र कारण बारे अर्को अध्याय सुरु हुने देखिएको हो ।

यस अघि प्रस्ताव गरिएको आयोजनाको क्षमतामा भारी कटौती गर्ने भएपछि हकप्रद निष्काशनको औचित्यका सम्बन्धमा खोजी हुने देखिएको छ । आयोजनामा हुने लगानीको अनुपातमा अब अपीको हकप्रद समेत प्रभावित हुने निश्चित छ । लगानीको अनुपातका आधारमा अपीले उक्त हकप्रद निष्काशन गर्नु नपर्ने वा त्यासको आकार पनि कटौती गर्नु पर्ने देखिएको हो । ७५ मेगावाटको त्रिशुली गल्छी निर्माण गर्नका लागि अपीको हकप्रद निष्काशन गर्न लागिएको यस अघि नै कम्पनीले बताउँदै आएको छ । अब आयोजनाको क्षमता घटेपछि हकप्रदको अनुपात नघटेको खण्डमा गतिलो चलखेलको गन्ध सार्वजनिक हुने निश्चित छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।