उक्त शाखा कार्यालयको म्याग्दे गाँउपालिका प्रमुख श्रीमती माया देवी राना आले तथा ज्योति विकास बैंकको संचालक समितिका अध्यक्ष हरि चन्द्र खड्काले संयुक्त उदघाटन गरेका हुन् ।
सो अवसरमा बैंकको सञ्चालक समितिका अध्यक्ष हरिचन्द्र खड्काले सामाजिक उत्तरदायित्व र सेवा भाव समेतलाई जोड दिँदै बैंकिङ्ग सेवालाई ग्रामीणभेग र वित्तीय पहुँच नपुगेका स्थानहरुमा शाखा विस्तार गर्दै लगिने बताए ।
पवित्र स्थल देवघाटमा देवघाट शाखा र यस थर्पू शाखा गरी बैंकको तनहूँ जिल्लामा मात्रै २ वटा शाखा कार्यालय भएका छन् । यसअघि बैंकले मकवानपुर जिल्लाको ग्रामीणभेग बाग्मती गाउँपालिकाको फापरबारी, मकवानपुर जिल्लाकै हेटौंडा बजार, महोत्तरी जिल्लाको रामगोपालपुर, काठमाडौंको नेपालटारमा र कैलालीको धनगढीमा नँया शाखा सञ्चालनमा ल्याइसकेको छ ।
२०६५ साल श्रावण ९ गतेबाट राष्ट्रियस्तरको विकास बैंकको रुपमा सञ्चालनमा आएको यस बैंकको ४६ वटा शाखा र १४ वटा एटिएम मार्फत बैंकिङ्ग सुविधा प्रदान गर्दे आएको छ ।
राप्तीभेरी विकास बैंकलाई प्राप्तिपछि दुई अर्व ३७ करोड चुक्ता पूँजी पुगेको ज्योतिले चालु आवको प्रथम त्रैमास अवधिमा बैंकले करिब १२ अर्ब ६१ करोड रुपैयाँ निक्षेप संकलन तथा १० अर्व ८७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत आवको नाफाबाट बोनस शेयर वितरण गरी नेपाल राष्ट्र बैंकले राष्ट्रियस्तरको विकास बैंकलाई तोकेको दुई अर्ब ५० करोड चुक्ता पूँजी पुग्नेछ ।