प्रुडेन्सियल इन्स्योरेन्सको ३० प्रतिशत हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

Nov 30, 2017 Merolagani

प्रुडेन्सियल इन्स्योरेन्स (PICL) को ३० हकप्रद सुरक्षित गर्ने विहीबार अन्तिम दिन रहेको छ । कम्पनीले शुक्रबार मंसिर १५ गते हकप्रद जारी गर्न बुकक्लोज गर्ने भएकाले आजसम्म सेयरधनी कायम रहेकाले मात्र हकप्रद भर्न पाउनेछन् ।

बीमा समितिले तोकेको न्यूनतम चुक्ता पूँजी कायम गर्न प्रुडेन्सियलले ३० प्रतिशत हकप्रद जारी गर्न लागेको हो । कम्पनीले हकप्रद जारी गर्न एनआईसी एशिया क्यापिटललाई विक्री प्रबन्धक नियुक्ति गरेको छ ।

४२ करोड ७६ लाख ८० हजार चुक्ता पूँजी रहेको इन्स्योरेन्सले १० बराबर ३ कित्ता अनुपातमा १२ लाख ८३ हजार ४० कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । हकप्रदपछि कम्पनीको चुक्ता पूँजी ५५ करोड ६० लाख रुपैयाँ पुग्नेछ ।

मंसिर १ गते शुक्रबार सम्पन्न कम्पनीको १६औं वार्षिक साधारणले २० बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बोनस पूँजीकरण गर्दा ६४ करोड १५ लाख रुपैयाँ चुक्ता पूँजी नाघ्नेछ ।

कम्पनीले चालु आवको प्रथम त्रैमासमा दुई करोड ५२ लाख ३८ हजार रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी २३ रुपैयाँ ६० पैसा कायम गरेको छ । कम्पनीको प्रतिकित्ता सेयरमूल्य बुधबार प्रतिकत्ता ११७४ रुपैयाँ छ ।

 

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।