नेशनल माईक्रोफाइनान्स र हिमालयन डिष्ट्रीलरीको लाभांश पाउन विहीबारसम्म सेयरधनी बन्नुपर्ने

Nov 30, 2017 Merolagani

नेशनल माईक्रोफाइनान्स (NMFBS) र हिमालयन डिष्ट्रीलरी कम्पनी (HDL) ले गत आर्थिक बर्षमा प्रस्ताव गरेका लाभांश सुरक्षित गर्ने विहीबार अन्तिम दिन रहेको छ । नेशनल माइक्रोफाइनान्सले २० प्रतिशत बोनस र १५ नगद लाभांश तथा हिमालयन डिष्ट्रीलरीले २१.०५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । अाजसम्म कायम सेयरधनीले मात्र लाभांश पाउनेछन् ।

दुबै कम्पनीले शुक्रबार साधारण सभाका लागि सेयरधनी किताब बन्द गर्ने भएकाले बोनस प्राप्त गर्न विहीबारसम्म सेयरधनी कायम भएको हुनुपर्छ । 

नेशनल माईक्रोफाइनान्सले मंसिर २७ गते लाभांश पारित गर्न चौथो बार्षिक साधारण सभा आह्वान गरेको छ । २० प्रतिशत बोनसपछि लघुवित्तको पूँजी १२ करोड रुपैयाँ पुग्नेछ ।

उता हिमालयन डिष्ट्रीलरीले पनि २१.०५ प्रतिशत नगद लाभांश पारित गराउन मंसिर २९ गते १७ औ बार्षिक साधारण सभा आह्वान गरेको छ ।

चालु आवको प्रथम त्रैमासमा नेशनलले एक करोड ९७ लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी ६५ रुपैयाँ ७४ पैसा कायम गरेको छ । दुई करोड ४६ लाख रुपैयाँ खुद नाफा कमाएको हिमालयन डिष्ट्रीलरीको प्रतिसेयर आम्दानी बार्षिक २५ रुपैयाँ ५२ पैसा रहेको छ ।

बुधबार नेशनल माईक्रोफाइनान्सको सेयर प्रतिकित्ता ३०८० रुपैयाँ तथा हिमालयन डिष्ट्रलरीको १२४९ रुपैयाँमा कारोबार भएको छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।