डिप्रोक्स लघुवित्तको लाभांश संकलन गर्नुभएको छैन ? कम्पनी रजिष्ट्रारले लैजाला

Dec 01, 2017 Merolagani

डिप्रोक्स लघुवित्तले विगतमा वितरण गरेको लाभांश संकलन नगर्ने सेयरधनीलाई लाभांश संकलन गर्न शुक्रबार सूचना जारी गरेको छ ।

लघुवित्तले नगद लाभांश तथा लाभांश पूँर्जा संकलन नगरेका सेयरधनीलाई यथासक्दो छिटो कम्पनीको सेयर विक्री प्रबन्धक एस क्यापिटल लिमिटेड लालदरबारबाट संकलन गर्न भनेको हो ।

कम्पनी ऐन २०६३ अनुसार कुनै पनि सूचीकृत संस्थाको साधारण सभाले निर्णय गरेको पाँच बर्षसम्म संकलन नगर्ने लगानीकर्ताको लाभांश लगानीकर्ता संरक्षण कोषमा जम्मा गर्नुपर्ने व्यवस्था गरेको छ । यसअनुसार कुनैपनि कम्पनीका सेयरधनीले पाँच बर्षभित्र लाभांश संकलन नगरेमा उक्त कोषमा जम्मा गर्नुपर्ने हुन्छ ।

उक्त व्यहोरा सेयरधनीलाई जानकारी गराउँदै लामो समयसम्म लाभांश संकलन नगर्ने सेयरधनीलाई लाभांश संकलन गर्न र पाँच बर्षभन्दा बढी समय भएमा कम्पनी रजिष्ट्रारमा जम्मा गरिने हुँदा लघुवित्तसँग लाभांश रकमभ बाँकी नरहने जनाएको छ ।

 

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।