हिमालयन जनरले सेयर लिलामी बाँडफाँडमा नपरेको पैसा १८ गतेबाट फिर्ता गर्ने

Dec 01, 2017 merolagani

हिमालयन जनरल इन्स्योरेन्स (HGI) ले गत मंसीर १२ गते लिलामी सेयर बाँडफाँड गर्दा शेयर नपरेका सर्वसाधारणको पैसा १८ गतेदेखि फिर्ता गर्ने भएको छ । शुक्रबार सूचना जारी गर्दे  कम्पनीले मंसीर १५ गतेदेखि नै रकम फिर्ता गरिने तयारी गरेकाेमा १५ गतेदखि लगातार ३ दिन बिदापरेकोले १८ गतेदेखि फिर्ता गर्ने जनाएको छ ।

 

हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले ग्राहकले लिलामी भर्दा प्रयोग गरेको बैक खाता मै रकम पठाउने छ । कम्पनीले गत असार २८ गतेदेखि भदौ ९ गतेसम्म जारी गरेको १६६ प्रतिशत हकप्रदमा बिक्री नभएको ७१ हजार ५३० कित्ता सेयर लिलामीमा राखेको थियो ।

हकप्रद जारीपश्चात कम्पनीको चुक्ता पूँजी बीमा समितिले ताेके अनुसार एक अर्ब दुई करोड ७२ लाख रूपैयाँ पुगेको छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।