कैलाश विकास बैंकको १९.४५ प्रतिशत लाभांश पारित, चुक्ता पूँजी २ अर्ब ५२ करोड पुग्यो

Dec 02, 2017 Merolagani

कैलाश विकास बैंक (KBBL) को २४ औं वार्षिक साधारण सभाले सेयरधनीलाई १९.४५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बैंकले गत आर्थिक बर्षको नाफाबाट वितरण प्रस्ताव गरेको चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर तथा ९.४५ प्रतिशत नगद लाभांश पारित गरेको हो ।

कैलाश विकास बैंकको १० प्रतिशत बोनसपछि २ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ । चालु आर्थिक बर्षको प्रथम त्रैमासमा ९ करोड ७२ लाख खुद नाफा कमाएको बैंकले मंसिर १३ गतेसम्म १८ अर्ब ३२ करोड निक्षेप संकलन गरी १६ अर्ब १९ करोड कर्जा प्रवाह गरेको छ ।

कैलाशले ४१ शखा तथा २० वटा एटीएम मार्फत आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्नुका साथै इन्टरनेट बैंकिङ्ग, मोबाईल बैंकिङ्ग, एसएमएस बैंकिङ्ग तथा आस्वा जस्ता सुविधा प्रदान गर्दै आएको छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।