राप्ती गाँउपालिकाको मौरीघाटमा पुग्यो ज्योति बैंक

Dec 02, 2017 Merolagani

ज्योति विकास बैंक (JBBL) ले मंसिर १५ गते शुक्रबार देखि दाङको राप्ती गाँउपालिका ४, मौरीघाटमा नयाँ शाखा कार्यालय स्थापना गरेको छ । यस गाउँपालिकामा शाखा सञ्चालनमा ल्याउने ज्योति पहलो बैंक बनेको छ ।

उक्त शाखाको उद्घाटन प्रमुख अतिथि राप्ती गाँउपालिका प्रमुख नुमानन्द सुवेदीे तथा बैंक सञ्चालक समितिका अध्यक्ष हरि चन्द्र खड्काले संयुक्त रुपमा गरेको हुन् । यो शाखा सहित दाङमा यस बैंकको ४ बटा शाखा कार्यालय पुगेका छन् ।

बैंक संचालक समितिका अध्यक्ष हरि चन्द्र खड्काले बैंकले सामाजिक उत्तरदायित्व र सेवा भावलाई जोड दिँदै वित्तीय पहुँच नपुगेका स्थानहरुमा शाखा विस्तार गर्दै लगिने बताए ।

बैंकले करिब १२ अर्ब ६१ करोड रुपैयाँ निक्षेप संकलन तथा १० अर्व ८७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । राप्तीभेरी विकास बैंकलाई प्राप्ति (एक्विजिशन) गरे पश्चात बैंकको चुक्ता पूँजी २ अर्व ३७ करोड पुगेको छ । गत आवको नाफाबाट बोनस शेयर वितरण गरी नेपाल राष्ट्र बैंकले राष्ट्रियस्तरको विकास बैंकलाई तोकेको चुक्ता पूँजी पुग्नेछ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

२०६५ साल श्रावण ९ गतेबाट राष्ट्रियस्तरको विकास बैंकको रुपमा संचालनमा आएको ज्योतीले ४६ वटा शाखा कार्यालय र १४ वटा एटिएम मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दे आईरहेको छ ।

विभिन्न निक्षेप योजना तथा कर्जा सुविधा सहित एविविएस, आश्वा लगायतका सम्पुर्ण आधुनिक बैकिंङ्ग सेवा प्रदान गर्दे आईरहेको छ । साथै बैंंकले स्थानीय स्तरमा कृषि उत्पादन, पशुपालन, फलफूल खेती, उद्योग, व्यापार व्यवसाय समेतमा केन्द्रित गरी लघुवित्त कार्यक्रम समेत संचालन गर्दे आएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।