गुहेश्वरी मर्चेन्टको ४० प्रतिशत हकप्रद सोमबार बन्द हुँदै

Dec 03, 2017 Merolagani

गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एन्ड फाइनान्सले यही कात्तिक १२ गतेदेखि विक्री खुला हकप्रद मंसिर १८ गते सोमबारदेखि बन्द हुँदैछ । हकप्रदमा असोज २६ गतेसम्म नेप्सेमा कारोबार भई कायम  शेयरधनीहरुले आवेदन दिन सक्नेछन् । 


फाइनान्स कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआईबिएल क्यापिटल मार्केट्स लिमिटेड रहेको छ ।  एनआईबिएल क्यापिटलका साथमा गुहेश्वरी मर्चेन्टका सम्पूर्ण शाखा कार्यालय र नेपाल इन्भेष्टमेन्ट बैंकका चिप्लेढुङ्गा पोखरा, विराटनगर, नारायणगढ, नेपालगञ्ज र धनगढी शाखा कार्यालयबाट शेयरधनीहरुले हकप्रदमा आवेदन गर्न सक्ने क्यापिटलले जनाएकाे  छ ।

गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सले ४० प्रतितशत अर्थात १०ः४ अनुपातमा १९ करोड ७३ लाख ९२ हजार ८७७ रुपैयाँको एक सय रुपैयाँ अंकित मूल्यको १९ लाख ७३ हजार ९२८ कित्ता हकप्रद विक्री गरेको हो ।

हाल कम्पनीको चुक्तापूँजी ४९ करोड ३४ लाख रहेको छ । हकप्रदपछि चुक्तापूँजी ६९ करोड ८ लाख पुग्नेछ ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।