एक्सेलकाे ३१.७१ प्रतिशत लाभांश पारित, चुक्ता पूँजी ६९ करोड नाध्यो

Dec 03, 2017 Merolagani

एक्सेल डेभलपमेन्ट बैंक (EDBL) को १२ औं वार्षिक साधारणले ३०.१२ प्रतिशत बोनस (११ करोड ५८ लाख ३० हजार २२५ रुपैयाँ) तथा कर प्रयोजनका लागि १.५८ प्रतिशत नगद लाभांश पारित गरेको छ ।

 

साथै उक्त साधारण सभाले सर्वसाधारण समुहका शेयरधनीहरुमध्येबाट पुरुषोत्तम लम्साल लाई सञ्चालक निर्वाचित गरेको छ । बैंकको बोनस मंसिर ४ गतेसम्म कायम सेयरधनीले मात्र पाउनेछन् ।

३८ करोड ४५ लाख ६२ हजार रुपैयाँ चुक्ता पूँजी रहेको एक्सेलको हकप्रद तथा बोनसपछि चुक्ता पूँजी ६९ करोड २६ लाख ७४ हजार कायम भएको छ ।

आ.व. २०७३ ०७४ मा १५ करोड चार लाख ४९ हजार खुद नाफा आर्जन गर्न सफल बैंकले चार अर्ब ५१ करोड रुपैयाँ निक्षेप संकलन गरि तीन अर्ब ९३ करोड कर्जा परिचालन गरेको छ । चालु आवको पहिलो त्रैमासमा बैंकले ३ करोड १५ लाख ४२ हजार रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी ३२ रुपैयाँ ८१ पैसा कायम गरेको छ ।

झापाको विर्तामोडमा मुख्य कार्यालय रहेको यस बैंकले हाल झापा, इलाम र मोर¨का विभिन्न २१ स्थानमा अवस्थीत आफ्ना शाखा कार्यालयहरु मार्फत ग्राहक समक्ष बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।

बैंकले सम्पुर्ण ग्राहक तथा सरोकारवाला सबैमा धन्यवाद दिनुका साथै आगामी दिनहरुमा पनि निरन्तर सहयोग तथा सद्भावको आशा राख्दै ग्राहकहरुको चाहना र आवाश्यकता अनुसारको आधुनिक एवं विश्वसनिय बैंकिङ्ग सेवाहरु प्रदान गर्ने जनाएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।