एकैदिन तीन कम्पनीको सेयरमूल्य समायोजन

Dec 04, 2017 Merolagani

नेपाल स्टक एक्सचेञ्जमा सोमबार तीन कम्पनीको सेयरमूल्य समायोजन भएको छ । नेप्सेले प्रुडेन्सियल इन्स्योरेन्स, नेशनल माइक्रोफाइनान्स, र गण्डकी विकास बैंकको  सेयरमूल्य समायोजन गरेको हो । 

प्रुडेन्सियल इन्स्योरेन्स (PICL) ले जारी गर्न लागेको ३० प्रतिशत हकप्रदलाई समायोजन गरि नयाँ मूल्य निर्धारण गरिएको हाे ।

इन्स्योरेन्सको समायोजित सेयरमूलय ९६८ रुपैयाँ कायम भएको नेप्सेले जनाएको छ । जसको १८० दिनको सेयर कारोबारको आधारमा औसत आधारमूल्य ९६५ कायम भएको छ । 

कम्पनीले मंसिर १५ गते बुकक्लाेज गरेकाले इन्स्योरेन्सको हकप्रद मंसिर १४ गतेसम्म कायम सेयरधनीले मात्र भर्न पाउनेछन् ।

उता नेशनल माइक्रोफाइनान्स (NMFBS) ले गत आर्थिक बर्षमा वितरण गरेको २० प्रतिशत बोनसपछि २६२१ रुपैयाँ निर्धारण गरिएको छ । लघुवित्तको १८० दिनको सेयर कारोबारको आधारमा औसत आधारमूल्य १३६० रुपैयाँ कायम भएको नेप्सेले जनाएको छ ।

लघुवित्तले मंसिर २७ गते धादिङबेशीमा डाकेकाे चाैथाे बार्षिक साधारणले २० प्रतिशत बाेनस पारित गर्देछ । लघुवित्तकाे बाेनस समेत मंसिर १४ गतेसम्म कायम सेयरधनीले मात्र प्राप्त गर्नेछन् । 

गण्डकी विकास बैंक (GDBL) को २५ प्रतिशत हकप्रदको मूल्य समायोजन समेत सोमबार नै भएको छ । बैंकको हकप्रदलाई समायोन गर्दा प्रतिकित्ता सेयरमूल्य २७६ रुपैयाँ निर्धारण भएको छ । बैंकको औसत आधारमूल्य ३४७ रुपैयाँ रहेको छ ।

बैंकले मंसिर १५ गते बुकक्लाेज गरेकाले मंसिर १४ गतेसम्म कायम सेयरधनीले मात्र हकप्रद भर्न पाउनेछन् ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।