काबेली विकास बैंकको लिलामी सेयरमा आवेदन खुल्यो

Dec 05, 2017 merolagani

काबेली विकास बैंक(KEBL) ले लिलामीमा राखेको १२ हजार ५८७ कित्ता सेयरमा मंगलबारदेखि आवेदन खुलेको छ । बैंकले हकप्रदमा अवितरित साधारण समूहतर्फको सेयर लिलाम गर्न लागेको हो ।

बैंकको सेयर विक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल रहेको छ । लिलामी सेयरमा विक्री प्रबन्धक र ग्लोबल आईएमई बैंकको शाखा कार्यालयहरु विरागनगर, वीरगञ्ज, पोखरा, बुटवल, नेपालगञ्ज, सुर्खेत र धनगढीबाट बोलपत्र आवेदन प्राप्त गर्न र बुझाउन सक्नेछन् ।

बोलपत्र आवेदन दिने अन्तिम म्याद मंसिर २९ गते शुक्रबारसम्म तोकिएको छ ।

तोकिएका संकलन केन्द्रहरुबाट सबै बोलपत्र निष्काशन तथा विक्री प्रबन्धककहाँ प्राप्त भैसकेपछि बोलपत्र खुला गरिने मिति, समय, र स्थानको बारे जानकारी गराईने बैंकले जनाएको छ ।

सोमबार नेप्सेमा बैंकको प्रतिकिता सेयर ३०० रुपैयाँमा कारोबार भएको थियो ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।