किसान माइक्रोको लिलामी सेयरमा आवेदन गर्ने आज अन्तिम,सानिमा माइ हाइड्रोकाे भाेली

Dec 05, 2017 merolagani

किसान माइक्रो फाइनान्स (KMFL) लिलामीमा राखेको सेयरमा आवेदन गर्ने आज अन्तिम दिन हो । सानिमा माई हाइड्रो (SHPC) ले भने सावजनिक विदाकाे एक दिन थप गरि अावेदन गनेर् समय बुधबारसम्म बढाएकाे छ ।  दुवै कम्पनीले हकप्रदमा बिक्री नभएको सेयर लिलामीमा राखेका थिए ।



किसान माइक्रोफाइनान्सले मंसिर १३ गतेदेखि सर्बसाधारण समूहको १ हजार ३५१ कित्ता सेयरको लिलामीमा आवेदन खुला गरेको थियो । लिलामीको सेयरमा मंसिर १९ गतेसम्म आवेदन गर्न सकिनेछ ।

ईच्छुक लगानीकर्ताले लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर बोलपत्र पेश गर्न सक्ने बिक्री प्रबन्धक सिभिल क्यापिटलले जनाएको छ ।

माइक्रोफाइनान्सको लिलामी सेयरका लागि सिभिल क्यापिटलको कार्यालय सुन्धारा, सिभिल बैंकका विराटनगर, वीरगञ्ज, नारायणगढ, पोखरा बुटबल र नेपालगञ्ज शाखाबाट पनि आवेदन गर्न सकिनेछ ।

 

सानिमा माई हाइड्रोको बुधबार अन्तिम

त्यस्तै सानिमा माई हाइड्रोपावर कम्पनीले लिलामीमा राखेको एक लाख ४६ हजार ५९२ कित्ता सेयरमा आवेदन गर्ने समय बुधबारसम्म बढाएकाे छ । सरकारले सार्वजनिक विदा घाेषणा गरेपछि हाइड्रोले एक दिन समय थप गरेकाे हाे । 

कम्पनीले मंसिर ११ गतेदेखि आवेदन खुला गरेको थियो । यस लिलामीमा विक्री प्रबन्धकको काम सनराइज क्यापिटलले गरेको छ । इच्छुक लगानीकर्ताले न्यूनतम एक सय रुपैयाँ वा सोभन्दा बढी मूल्य अंकित गरि मंसिर १९ गतेसम्म लिलामीमा आवेदन भर्न सक्नेछन् ।

शिलबन्दी बोलपत्र पेश गर्दा न्यूनतम एक सय कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन गर्न सकिनेछ । ५० हजार रुपैयाँ भन्दा बढीको आवेदन गर्ने आवेदकले गुड फर पेमेन्ट चेक मार्फत आवेदन गर्नुपर्नेछ ।

लिलामी आवेदन काठमाडौं उपत्यकाभित्र सनराइज क्यापिटल कमलपोखरीमा तथा उपत्यका बाहिर सनराइज बैंकको शाखा कार्यालयहरु विराटनगर, वीरगञ्ज, पोखरा, बुटवल, नेपालगञ्ज, सुर्खेत र धनगढीमा बुझाउन सक्नेछन् ।

 

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।