तिनाउको १५ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Dec 05, 2017 Merolagani

तिनाउ विकास बैंक (TNBL) को १५ प्रतिशत लाभांश सुरक्षित गर्ने मंगलबार अन्तिम दिन रहेको छ । बैंकले साधारण सभाका लागि मंसिर २० गते बुधबारदेखि बुकक्लोज गर्न भएकाले मंगलबारसम्म कायम सेयरधनीले मात्र लाभांश पाउनेछन् ।

बैंकले गत आर्थिक बर्ष कमाएको ९ करोड ६७ लाख खुद नाफाबाट १० प्रतिशत बोनस सेयर तथा ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लाभांश वितरणका लागि बैंकले पुस ८ गते शनिबार बिहान ९ बजे बुटवलमा एघारौं बार्षिक साधारण सभा बोलाएको छ ।

बैंकको चुक्ता पूँजी ४६ करोड आठ लाख ४९ हजार रुपैयाँ छ । बोनसपछि बैंकको चुक्ता पूँजी ५० करोड ७० लाख रुपैयाँ पुग्नेछ ।

बुटवलमा केन्द्रीय कार्यालय रही तीन जिल्ला कार्यक्षेत्र रहेको बैंकको बोनसपछि राष्ट्र बैंकले तोकेको पूँजी पुग्नेछ । तीन जिल्ले विकास बैंकले ५० करोड रुपैयाँ चुक्तापूँजी पुर्याउनु पर्ने व्यवस्था छ ।

 चालु अावकाे प्रथम त्रैमासमा बैंकले एक कराेड ५६ लाख खुद नाफा कमाएकाे छ । बैंककाे सेयर साेमबार प्रतिकित्ता २४५ रूपैयाँमा काराेबार भएकाे छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।