नबिल बैंक शाखा विस्तारमा बन्यो आक्रमक, एकै दिनमा खोल्यो १० नयाँ शाखा

Dec 05, 2017 Merolagani

नविल बैंक (NABIL) ले मंसिर १८ गते एकैदिन १० नयाँ शाखा विस्तार गरेको छ । बैंकले विरेन्द्रनगर-सुर्खेत, टिकापुर-कैलाली, तालचोक, बगर, अमरसिंहचोक-पोखरा, कास्की, लमहि-दाङ, बर्दिबास-महोत्तरी, टाँडी-चितवन, लाहान-सिराहा तथा हरिवन-सर्लाहीमा शाखा विस्तार गरेको जनाएको छ ।

नयाँ शाखा विस्तारसँगै बैंकको शाखा सञ्जाल ६२ पुगेको छ । बैंकको थप नयाँ शाखाहरुबाट ग्राहकहरुले बैंकले प्रदान गर्न सम्पूर्ण बैंकिङ्ग सुबिधाहरु प्राप्त गर्नसक्ने जनाएको छ ।

देशको अग्रणी बैंकको रुपमा आफुलाई स्थापित गर्न सफल नबिल बैंकले विभिन्न क्षेत्र र तप्काका बढि भन्दा बढी ग्राहकहरुलाई उपलब्ध गराउने उद्देश्य अनुरुप देशका विभिन्न क्षेत्रका आफ्नो शाखा कार्यालयको सञ्जाल बढाउँदै लगिरहेको जनाएको छ ।

बैंकले एक सय एटीएम, २ एक्स्टेन्सन काउन्टर, र १५ हजारभन्दा बढी नबिल रेमिट एजेन्टहरु मार्फत् देशव्यापी रुपमा र विदेश अवस्थित अन्य धेरै बैंकिङ्ग एजेन्सीहरु मार्फत् विश्वभर सेवा प्रदान गर्दे आएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।