नविल बैंकका सिईओ सशिन जोशीको राजीनामा स्वीकृत, फागुन ५ गतेदेखि लागू हुने

Dec 05, 2017 merolagani

नविल बैंक (NABIL) संचालक समितिको सोमबारको बैठकले प्रमुख कार्यकारी अधिकृत सशिन जोशीले दिएको राजीनामा स्वीकृत गरेको छ । जोशीको राजीनामा आगामी फागुन ५ गतेदेखि लागू हुने गरी स्वीकृत गरिएको बैंकले जनाएको छ ।



एनआइसी एसिया बैंकमा प्रमुख कार्यकारी अधिकृतबाट राजीनामा दिएर उनी नबिल गएका थिए । उनले २०७२ असार १३ गतेबाट नविल बैंकको नेतृत्व सम्हालेका थिए ।

ललितपुरमा जन्मिएका जोशीले सेण्ट जेभियर्स स्कूलबाट विद्यालयस्तरको शिक्षा पूरा गरेका थिए भने भारतको पुनास्थित ‘सिम्बोइसिस इन्ष्टिच्युट अफ म्यानेजमेण्ट स्टडिज’बाट फाइनान्समा एमबीए गरेका छन् ।

सन् १९८६ मा नबिल बैङ्कबाट बैङ्किङ करियर शुरु गरेका जोशीले सन् १९९० को दशकमा ‘एएनजेड ग्रिण्डलेज बैङ्क कोलकातामा पनि काम गरेका थिए । जोशीसँग बैकिङ क्षेत्रमा ३२ बर्ष काम गरेको लामो अनुभव छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।