नेपाल बङ्गलादेश बैंकको शाखासंख्या ५४ पुग्यो

Dec 05, 2017 merolagani

नेपाल बङ्गलादेश बैंक(NBB) ले एक सातामा चार ओटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । यी शाखाहरुसंगै उक्त बैंकको शाखा संख्या ५४ पुगेको छ ।



बैंकले मंसिर १३ गते जुम्ला जिल्लाको सिन्जा, मंसिर १७ गते धनकुटाको भेडेटार तथा तेह्रथुमको छत्तर र मंसिर १८ गते सङ्खुवासभाको पाँचखपनबाट नयाँ शाखाहरु सञ्चालनमा आएको हो ।

बैंकले अब ५४ शाखा, ५ एक्सटेन्सन काउन्टर, ७ शाखारहित घरदैलो बंैकिङ्ग सेवा तथा ४८ वटा एटीएमबाट बैंकिङ्ग सुविधा प्रदान गर्ने छ ।

आर्थिक वर्ष २०७३/७४ मा बैंकको ४३.७१ अर्व कूल निक्षेप संकलन गरेको थियो । ३७.४६ अर्व कर्जा परिचालन गरेको बैंकको खुद नाफा १.२० अर्व रहेको छ ।

 

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।