समीट माइक्रोफाइनान्सको लिलामी सेयर १४ जनालाई वितरण, कटअफ कति ?

Dec 05, 2017 Merolagani

समीट माइक्रोफाइनान्स (SMFDB) ले मंसीर ४ गतेदेखि लिलामीमा राखेको सेयर सोमबार विक्री प्रबन्धक सानिमा क्यापिटलले बाँडफाँड गरेको छ । लिलामीमा सेयरमध्ये साधारण सेयर ९ जनाले सकारेका छन् भने संस्थापक समूह तर्फको सेयर ५ जनाले प्राप्त गरेको क्यापिटलले जनाएको छ ।

लघुवित्तले लिलामीमा राखेको साधारण सेयरको कटअफ मूल्य १६०६ रुपैयाँ निर्धारण भएको छ । साधारण सेयरका लागि अधिकतम १७६१ रुपैयाँसम्मको आवेदन परेकोमा १६०६ रुपैयाँ वा सोभन्दा बढी मूल्यमा शिलबन्दी बोलपत्र पेश गरेका ९ जना लगानीकर्ताले साधारण सेयर प्राप्त गरेका छन् । ४ हजार ८२ कित्ता साधारण सेयरका लागि ११७ जनाको आवेदन परेकोमा १०८ जनाले सेयर प्राप्त गर्न सकेनन् । 

त्यस्तै संस्थापक सेयरको कटअफ मूल्य २२५ रुपैयाँ निर्धारण भएको छ । २२ हजार ४६७ कित्ता संस्थापक समूहको सेयरका लागि १० जानले आवेदन गरेकोमा ५ जनाले संस्थापक सेयर प्राप्त गरेका छन् । संस्थापक समूहको सेयरका लागि अधिकतम ३५५ रुपैयाँ नौ पैसाको आवेदन परेको क्यापिटलले जनाएको छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

गत भदौ २९ गतेदेखि कात्तिक १ गतेसम्म शतप्रतिशत हकप्रद जारी गर्दा अवितरित सो परिमाणको सेयर विक्री नभएपछि लघुवित्तले लिलामीमा ल्याएको थियो ।

७ करोड २५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको हकप्रदपछि १४ कराेड ५० लाख रूपैयाँ चुक्त्ता पूँजी पुगेकाे छ । लघुवित्तले गत आर्थिक बर्षको कमाइबाट ४३.४८ प्रतिशत बोनस ( दुइ कराेड ५० लाख रूपैयाँ) र १० प्रतिशत नगद लाभांश वितरण प्रस्ताव गरेको छ । बोनसपछि लघुवित्तको पूँजी १७ करोड रुपैयाँ पुग्नेछ ।

चालु आवको प्रथम त्रैमासमा लघुवित्तले ८२ लाख पाँच हजार रुपैयाँ खुद नाफा कमाएकाे छ । जसको सेयर मंगलबार प्रतिकित्ता १८८५ रुपैयाँमा कारोबार भएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।