साधारण सभाका लागि बैंकले पुस ७ गतेदेखि सेयरधनी किताब बन्द गर्ने जनाएको छ ।
यसअनुसार पुस ६ गतेसम्म कायम सेयरधनीले मात्र बैंकले प्रस्ताव गरेको २० प्रतिशत बोनस (४३ करोड १९ लाख ६० हजार ५५३ रुपैयाँ) तथा कर प्रयोजनका लागि १.०५ प्रतिशत (२ करोड २७ लाख ३४ हजार ७६६ रुपैयाँ) नगद लाभांश प्राप्त गर्नेछन् । प्रस्तावित लाभांश ४० प्रतिशत हकप्रदले समेत पाउनेछ ।
साधारण सभामा मुक्तिनाथले अधिकृत पूँजी तीन अर्ब तथा बोनसपछि कायम हुने चुक्ता पुँजी (दुई अर्ब ५९ करोड १७ लाख ६३ हजार ३१७ रुपैयाँ) अनुसार बैंकको प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव गरेको छ ।
त्यस्तै बैंकले मर्जर तथा प्राप्तीका लागि उपयुक्त संस्था पहिचान गर्ने, सम्पत्ति तथा दासयत्व मूल्याङ्कन गर्ने र लेखापरिक्षक नियुक्ति गर्नका लागि सञ्चालक समितिलाई सम्पुर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव समेत गरेको छ ।
चालु आर्थिक बर्षको प्रथम त्रैमासमा मुक्तिनाथले १३ करोड ५४ लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी २५ रुपैयाँ २६ पैसा रहेको छ ।