शाइन रेसुंगाको बोनस राष्ट्र बैंकद्धारा स्वीकृत

Dec 06, 2017 Merolagani

शाइन रेसुंगा डेभलपमेन्ट बैंकले अनुमोदनका लागि पठाएको २५ प्रतिशत बोनस सेयर नेपाल राष्ट्र बैंककाे विकास बैंक सुपरिवेक्षण विभागले स्वीकृत गरेको छ ।

बैंकले बोनस स्वीकृत भएको जानकारी नेप्से मार्फत दिएको हो । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले गत आर्थिक बर्षको नाफाबाट चुक्ता पूँजीको २५ प्रतिशत बराबरको २७ करोड ५७ लाख २३ हजार एक सय रुपैयाँको बोनस सेयर वितरण गर्न अनुमति पाएको जनाएको हो ।

पारित भएको बोनस बैंकको आगामी नवौं बार्षिक साधारण सभाले अनुमोदन गरेपछि सेयरधनीाई वितरण हुनेछ ।
२५ प्रतिशत बोनसपछि बैंकको चुक्ता पूँजी एक अर्ब ३७ करोड ८६ लाख १५ हजार रुपैयाँ पुगेको छ ।

बैंकले चालु आवको प्रथम त्रैमासमा ६ करोड ५० लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी १८ रुपैयाँ ८९ पैसा कायम गरेको छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।