नलसिंहगाढ आयोजनामा १३ करोड बढी अनियमितता गर्ने आरोपीलाई विशेष अदालतको सफाइ

Dec 06, 2017 Merolagani

विशेष अदालतले नलसिंहगाढ जलविद्युत आयोजनामा १३ करोड ६२ लाख रुपैयाँ अनियमितताका आरोप लागेका तत्कालीन कार्यकारी निर्देशक मोतिबहादुर कुँवरसहित ६ जना पदाधिकारीलाई सफाइ दिएको छ । सरकारलाई हानी नोक्सानी पुर्याउने मनसायका साथ बदनियतपूर्वक काम गरेको प्रमाणबाट स्थापित हुन नसकेको भन्दै विशेष अदालतले सफाइ दिएको हो ।

न्यायाधीश बाबुराम रेग्मी, चण्डिराज ढकाल र नारायणप्रसाद पोखरेलको संयुक्त इजलासले अनियमितता आरोपित सबैलाई मंगलबार आरोप पुष्टि गर्ने कुनै आधार नभएको भन्दै सफाई दिएको हो ।

आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) का लागि परामर्शदाता छनोट प्रक्रियामा प्राविधिक प्रस्ताव मूल्यांकन गर्दा बढी रकम कबोल गर्ने प्रस्तावदाताको आर्थिक प्रस्ताव स्वीकृत गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २० चैतमा जरीवानासहित एक एक वर्षको कैद सजाय माग गर्दे मुद्धा दायर गरेको थियो ।

अख्तियारले आफू अनुकूल बढी रकम कबोल गर्ने प्रस्तावलाई बढी अंक १.२५ र कम अंक कबोल गर्नेलाई कम अंक १.५६७ दिई परामर्शदाता छनोट गरिएको उल्लेख गर्दै २७ करोड २४ लाख ९४ हजार हानि नोक्सानी पुर्याउने कार्य गरेको आरोप उनीविरुद्ध लगाएको थियो ।

परामर्शदाताका प्रस्ताव गरेको एएफ कन्सल्टसहितको संयुक्त परामर्शदाता कम्पनीले भ्याटसहित एक अर्ब रुपैयाँमा काम गर्ने प्रस्ताव गरेकोमा त्योभन्दा झण्डै ३३ करोड २५ लाखबढी कबोल गर्ने स्मेक जेभीसहितको संयुक्त परामर्शदाता कम्पनीलाई विकास समितिले छनोट गरेको थियो ।

ऊर्जा मन्त्रालयले विकास समितिमार्फत अघि बढाएको चार सय मेगावाट क्षमताको आयोजनाका कार्यकारी निर्देशक मोतिवहादुर कुँवर, सिनियर डिभिजनल इन्जिनियर सूर्यप्रसाद रिजाल, लेखा अधिकृत आनन्दप्रसाद चापागाईं, ऊर्जा मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर गोकर्णराज पन्थ, विद्युत्त विकास विभागका कानुन अधिकृत राजेशकुमार थापा र स्मेकका नेपाल प्रतिनिधि उदीपलाल श्रेष्ठलाई पनि विशेष अदालतले सफाइ दिएको हो ।

जाजरकोटको सक्ला र खगेनकोट गाविसमा निर्माण हुने आयोजना प्राधिकरणको सहयोगमा जाइकाले गरेको अध्ययनमा उत्कृष्ट १० मध्ये आयोजना मध्यको एक हो । एक हजार ४०६ गेगावाट आवर विद्युत्त उत्पादन गर्ने आयोजनाको लागत करिब ७३७ मिलियन डलर अनुमान गरिएको छ ।

ऊर्जा मन्त्रालयले नलसिंहगाड जलविद्युत्त आयोजनालाई आयोजना विकास समितिबाट सबै काम विद्युत्त उत्पादन कम्पनी लिमिटेड आफै वा सहायक कम्पनीको मार्फत सञ्चालन गर्ने निर्णय गरेको थियो । सरकारमा आएको आयोजनाको सम्पूर्ण हक, जायजात र दायित्वको जिम्मेवारी समेत सोही कम्पनी मार्फत गर्ने निर्णय गरेको थियो ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।