विद्युत्त उत्पादन नहुँदा सदरमुकाम धुञ्चे लगायत रसुवा जिल्लाको उत्तरी भाग पूरै अन्धकार भएको छ । विहीबार साँझदेखि शुरु हुने मतगणना कार्यलाई मध्यनजर राखी विद्युत्त गृह सञ्चालन गराउन ताकेता भइरहेको बताउँदै प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले विहीबार दिउँसोसम्म चालु हुने अपेक्षा राखिएको उनले बताए ।
मर्मत गरी यथाशक्य चाँडो विद्युत्त उत्पादन सञ्चालन गराउन दक्ष प्राविधिकको माग भइसकेको चिलिमे जलविद्युत्त केन्द्रले जनाएको छ ।