प्रसारण लाइन मर्मतपछि चिलिमे आयोजना पुनः सञ्चालनमा, मतगणना सहज हुने

Dec 07, 2017 Merolagani

 बुधबार दिउँसो बन्द भएको २२ मेगावाट क्षमताको चिलिमे जल विद्युत् आयोजना आज पुनः सञ्चालनमा आएको छ । राष्ट्रिय विद्युत प्रसारण लाइनको टावरमा देखिएको समस्या समाधान भएपछि विद्युत् पुनः सञ्चालनमा आएको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले जानकारी दिए ।

विद्युत् सञ्चालनमा ल्याउन काठमाडौँबाट प्राविधिक मगाइएको चिलिमे जलविद्युत् केन्द्रले जनाएको छ । विद्युत् उत्पादन पुनः शुरु भएपछि आज साँझदेखि शुरु हुने मतगणना कार्य सहज हुने बताइएको छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।