लुम्बिनी जनरल इन्स्योरेन्सले तोक्यो बुकक्लोज, पुस १४ गते साधारण सभा

Dec 08, 2017 Merolagani

लुम्बिनी जनरल इन्स्योरेन्स (LGIL) ले पुस १४ गते डाकेको साधारण सभाका लागि सेयर दाखिरा खारेजीको मिति( बुकक्लोज) तोकेको छ । साधारण सभाका लागि कम्पनीले २९ गतेदेखि बुक क्लोज गर्ने भएको हो ।

इन्स्योरेन्स कम्पनीले गत आर्थिक बर्षमा कमाएको नाफाबाट १० करोड रुपैयाँ अर्थात १२.८२ प्रतिशत बोनस पारित गर्देछ । मंसिर २८ गतेसम्म इन्स्योरेन्सको सेयरधनी कायम भएका लगानीकर्ताले उक्त बोनस प्राप्त गर्नेछन् ।

७८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको बोनसपछि ८८ करोड रुपैयाँ चुक्ता पूँजी पुग्नेछ । चालु आर्थिक वर्षको प्रथम त्रैमासमा लुम्बिनी जनरल इन्स्योरेन्सले तीन करोड नौं लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी १५ रुपैयाँ ८४ पैसा कायम गरेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।