चार्टर्डले गत बर्षको कमाई र जगेडाकोषमा रहेको रकम उपयोगगरी उक्त परिमाणको लाभांस वितरण गर्ने घोषणा गरेको हो ।
बैंकले प्रस्ताव गरेको लाभांस राष्ट्र बैंकको स्वीकृतिपश्चात बैंकको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीलाई वितरण गरिनेछ । बैंकले गत आर्थिक बर्षमा १ अर्ब ३८ करोड १९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
हाल बैंकको चुक्ता पूँजी चार अर्ब ५७ लाख रुपैयाँ छ । शतप्रतिशत बोनसपछि बैंकको पूँजी आठ अर्ब एक करोड नाघ्नेछ ।
चालु आर्थिक बर्षको पहिलो त्रैमासमा वित्तिय विवरण अनुसार बैंकको जगेडाकोषमा ८ अर्ब ५५ करोड पुगेको छ ।
गत बर्ष बैंकले बैंकले फेस भ्यालू एक सय रुपैयाँमा ११ सय ९० रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता १२ सय ९० रुपैयाँका दरले २५ लाख ५८ हजार एक सय ४० कित्ता नयाँ सेयर निष्काशन गरेको थियो । एफपीओ बिक्रीका क्रममा प्रिमियम बापत प्राप्त रकमले बैंकको जगेडाकोष मजबुत बनेको हो ।
बैंकले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा ४८ करोड २५ लाख ३१ हजार रुपैया खुद नाफा आर्जन गरेर प्रतिशेयर आम्दानी वार्षिक ४८ रुपैया १८ पैसा कायम गरेको छ ।