गोरखा क्षेत्र नम्बर १ बाट बाम गठबन्धका मुख्य प्रतिस्पधी बनेका पुर्व अर्थमन्त्री तथा नयाँ शक्ति पार्टी नेपालका बाबुराम भट्टराईले ४ हजार ६०३ मतले अगाडि रहेका छन् । भट्टराईले २५ हजार ८७३ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी नारायणकाजी श्रेष्ठले २१ हजार २७० मत प्राप्त गरेका छन् ।
उता मोरङ्ग क्षेत्र नं ४ बाट प्रतिनिधि सभाको उम्मेदवार बनेका पुर्व अर्थमन्त्री महेश आचार्यले ६ हजार ७२९ मतले पराजित भएका छन् । बाम गठबन्धका उम्मेदवार अमनलाल मोदी ले ३३ हजार ५२९ मत ल्भयाएर विजयी बनेका हुन् । महेश आचार्यले २६ हजार ८०० मत प्राप्त गरे ।
अर्का अर्थमन्त्री कृष्णबहादुर महराले ५ सय मतले लिड गरेका छन् । दाङ क्षेत्र नम्बर २ बाट चुनाव लडिरहेका महराले उनका मुख्य प्रतिस्पर्धी रहेका राजु खनालको भन्दा ७ हजार ११२ मतले अग्रता कायम गरेका छन् । खनालले ११ हजार ४१६ मत ल्याउँदा महराले १८ हजार ५२८ मत प्राप्त गरेका छन् ।
अर्का पुर्वअर्थमन्त्री पशुपति शमसेर राणा प्रदेश नम्बर ३ सिन्धुपाल्चोकबाट ८ हजार ३२ मतले पराजित भएका छन् । बाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका शेरबहादुर तामाङले ३८ हजार ४०१ प्राप्त गरि विजयी हुँदा राणाले ३० हजार ३६९ मत मात्र प्राप्त गरे ।
पुर्वअर्थमन्त्री रहेका वर्षमान पुनले ९ हजार ७१० मतले लिड गरेका छन् । पुनले मुख्य प्रतिस्पर्धी अमरसिंह पुनलाई फराकिलो मत अन्तरले पछाडि छाडेका छन् । अमरसिंह पुनले ९ हजार ९९७ मत ल्याउँदा बर्षमान पुनले १९ हजार ७०७ मत ल्याएका छन् ।
उता एमाले नेता तथा पुर्व अर्थमन्त्री विष्णु प्रसाद पौडेल प्रदेश नम्बर ५ रुपन्देही क्षेत्र नम्बर २ बाट प्रतिस्पर्धा गर्देछन् । उनीसँग कांग्रेसका युवराज गिरी मुख्य प्रतिस्पर्धी रहेका छन् । पौडेले २० हजार १०४ मत ल्याउँदा गिरीले ८ हजार ८७१ मत प्राप्त गरेका छन् ।
प्रदेश नम्बर ३ अन्र्तगत चितवन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा चुनाव लडिरहेका अर्थमन्त्री सुरेन्द्र प्रसाद पाण्डे कांग्रसेका राजेन्द्रप्रसाद बुर्लाकोटीका मुख्य प्रतिस्पर्धी रहेका छन् । पाण्डेले २ हजार ८० बढी मत प्राप्त गरेका छन् । बुर्लाकाेटीले ४ हजार १२ मत प्राप्त गरेका छन् ।
अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की प्रदेश नम्बर एक सुनसरीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचन लड्दैछन् । उनको बाम गठबन्धका तर्फबाट रमेश श्रेष्ठसँग मुख्य प्रतिस्पर्धा रहेको छ । कार्कीले २ हजार १५९ मतले अग्रता कायम गर्दे चुनाैती प्रदान गरेका छन् । श्रेष्ठले ६ हजार ४ सय ९७ मत ल्याउँदा कार्कीले ८ हजार ६५६ मत प्राप्त गरेका छन् ।
मत गणना जारी रहेको हुँदा समाचारमा उल्लेख गरिएको तथ्याङ्कमा परविर्तन हुन सक्नेछ ।