मञ्जुश्री फाइनान्सको ५ प्रतिशत हकप्रद पाइपलाईनमा

Dec 10, 2017 Merolagani

मञ्जुश्री फाइनान्स (MFIL) ले ५ प्रतिशत हकप्रद जारी गर्न धितोपत्र बोर्डमा निवेदन दर्ता गराएको छ । फाइनान्सले तीन लाख ६२ हजार १९० कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति माग गरेको हो ।

फाइनान्स कम्पनीले बोनसबाट मात्र चुक्ता पूँजी कायम गर्न नसकेपछि थप पाँच प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव गत असोज २५ गते सम्पन्न विशेष साधारण सभाबाट पारित गरेको थियो ।

फाइनान्सले यसअधि गत माघ ६ गतेदेखि फागुन ११ गतेसम्म चुक्ता पूँजीको १७५ प्रतिशतले हुन आउने ४३ लाख ८६ हजार ३७५ कित्ता हकप्रद सेयर बिक्री गरिसकेको थियो ।

हकप्रद जारी गर्न फाइनान्सले एस क्यापिटललाई विक्री प्रबन्धक तोकेको छ । ७२ करोड ४३ लाख ७९ हजार रुपैयाँ चुक्ता पूँजी रहेको फाइनान्सको हकप्रदपछि ७६ करोड ६ करोड रुपैयाँ पुग्नेछ । बाँकी चार करोडको बोनस वितरण गर्दा फाइनान्सको चुक्ता पूँजी राष्ट्र बैंकले तोकेको ८० करोड पुग्नेछ ।

चालु आर्थिक वर्षको प्रथम त्रैमासमा फाइनान्सले ६६ लाख १३ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।