एभरेष्टले डाक्यो २३ औं बार्षिक साधारण सभा, ३३% बोनस पाउन कहिलेसम्म किन्नुपर्छ सेयर ?

Dec 11, 2017 Merolagani

एभरेष्ट बैंक (EBL) ले पुस २८ गते बिहान ११ बजे लैनचाैर व्यांक्वेटमा २३ औं बार्षिक साधारण सभा डाकेको छ । सभामा बैंकले गत आर्थिक बर्षको नाफाबाट सेयरधनीलाई ३३ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव गरेको छ ।

बैंकले साधारण सभाका लागि पुस १३ गतेदेखि पुस २० गतेसम्म सेयरधनी किताब बन्द गर्ने भएको छ । यसअनुसार पुस १२ गतेसम्म सेयर किनेर सेयरधनी बनेका वा यसअघि नै सेयरधनी रहेका लगानीर्काले ३३ प्रतिशत बोनस र कर प्रयोजनका लागि १.७४ प्रतिशत नगद लाभांश प्राप्त गर्नेछन् ।

बैंकको साधारण सभाका अन्य एजेण्डाहरुमा सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ६ जना सञ्चालक ( ३ संस्थापक, २ साधारण, प्राबिधिक सेवा र व्यवस्थापन प्रदान गर्ने बैंकबाट १ जना) नियुक्ति, भ्रमण खर्च ( नेपाल र भारत भ्रमण गर्दा दैनिक भत्ता १२ हजार तथा अन्य देशमा ५५० अमेरिकि डलर र वास्तविक खर्च) व्यवस्था थप गर्ने, र लेखापरिक्षक नियुक्ति गर्ने लगायतका रहेका छन् ।

हाल बैंकको चुक्ता पूँजी ६ अर्ब ११ करोड ५२ लाख रुपैयाँ पुग्छ । ३३ प्रतिशत बोनसपछि बैंकको चुक्ता पूँजी ८ अर्ब १३ करोड नाघ्नेछ । एभरेष्टले गत आर्थिक बर्षमा एक अर्ब ९८ करोड रुपैयाँ खु्द नाफा गरेको थियो ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा एभरेष्टले ५३ करोड १४ लाख ७४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको जगेडा कोषमा ६ अर्ब ६७ करोड २ लाख ५३ हजार रुपैयाँ छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।