ज्योति विकास बैंकले प्रस्ताव गर्यो बोनस, राष्ट्र बैंकले तोकेको चुक्ता पूँजी पुग्ने

Dec 11, 2017 merolagani

ज्योति विकास बैंक (JBBL) ले राष्ट्र बैंकले तोकेको दुई अर्ब ५० करोड रुपैयाँ चुक्तापूँजी पुग्नेगरी गतबर्षको कमाईबाट लाभांस घोषणा गरेको छ । बैंकको मंसिर २४ गते आइतबार बसेको संचालक समितिको बैठकले दश प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव गरेको छ ।

बैंकले हाल कायम चुक्ता पूँजीको दश प्रतिशतले हुन आउने २२ करोड ८ लाख ६३ हजार ४२० रुपैयाँ बोनस वापत वितरण गर्नेछ । बैंकले प्रस्ताव गरेको लाभांस राष्ट्र बैंकको स्वीकृति पश्चात बैंकको साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन । 

ज्योतिको चुक्ता पूँजी २ अर्ब २० करोड छ । क्षेत्रिय स्तरको राप्तीभेरी विकास बैंकलाई प्राप्ति (एक्विजिसन) गरेको बैंकको चुक्तापूँजी दुई अर्ब ३६ करोड पुगेकोे छ । राप्तीभेरीलाई प्राप्ति (एक्विजिसन) गरेको ज्योति विकास बैंकले गत कात्तिक ८ गतेबाट एकिकृत कारोबार थालेको थियो ।

तत्कालीन राप्तभेरी विकास बैंकका सेयरधनीलाई बैंक संचालक समितिले यसअािघ नै ६ प्रतिशत अर्थात एक करोड ६ लाख बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको थियो । उक्त लाभांस बैंकको साधारणसभाले पारित गर्न बाँकी छ ।

दुई बैंकको बोनस वितरणपश्चात राप्तीभेरीलाई प्राप्ति (एक्विजिसन) गरेको ज्योति विकास बैंकको चुक्तापूँजी झण्डै २ अर्ब ६० करोड पुग्नेछ ।

गत आर्थिक वर्षमा ज्योतिले २६ करोड १८ लाख तथा राप्तीभेरीले एक करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाएका थिए ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।