सेयर बजारलाई निर्वाचन परिणामसँग जोडेर निष्कर्ष निकाल्नु अलि हतारो होला की !

Dec 11, 2017 merolagani

नेपालमा हुने राजनीतिक गतिबिधिले पूँजी बजारलाई प्रभाव पार्ने गरेको छ । अस्थीर राजनितिक अवस्थाले अर्थतन्त्रका अन्य अपवय जस्तै पूँजीबजारलाई पनि छुने गरेको छ । आम लगानीकर्ताहरुमा स्थीर राजनितिक संरचना भए पूँजी बजार अनुमानको भरमा भन्दा पनि आर्थिक परिसूचकहरुको आधारमा चल्ने बिश्वास रहेकाे पाइन्छ ।


तर, निर्वाचनपछि सेयर बजारमा उभार आउने आम लगानीकर्ताको अपेक्षा भए पनि बजारले त्यस्तो प्रतिक्रिया देखाएको छैन । हुन त सेयर बजार टिप्पणी गर्न योग्य हुने गरी न त घटेको छ न त बढेको नै छ । तसर्थ नियमित प्रकृयामा रहेको सेयर बजारलाई निर्वाचन परिणाम सँग जोडेर निष्कर्ष निकाल्नु पनि हतारो नै होला । तर पनि आम लगानीकर्तामा निर्वाचनको विवरण आएर बहुमतको सरकार बन्ने अवस्थामा पनि आत्मबिश्वास बढेन भन्ने टिप्पणी हुन गरेको छ ।

धेरै लगानीकर्ता बाम गठबन्धनबाट पूँजी बजारका बिषयमा तत्काल प्रतिकृया आएको हेर्न चाहन्छन । किनभने नेपालको पूँजी बजार बामपंथी सरकारको नाम भरसक सुन्न नचाहने बिगतकै अनुभव छ । तर, पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले  निर्वाचन अघि नै पूँजी बजार बिकास र बिस्तारको कामलाई बाम गठबन्धनको सरकारले उच्च प्राथमिकता दिने भनेर प्रतिकृया दिइसकेका छन ।

कतिपय लगानीकर्ताले  राजनीतिक स्थिरता बढ्ने अपेक्षमा लगानी गरिरहेको अवस्था पनि छ । लामो समयसम्म लगानी गर्न चाहनेहरु ‘पर्ख र हेर’ को अवस्था छन । लगानीकर्तामा देखिएको फरक फरक मनोबिज्ञानले सेयर बजार पनि अपेक्षा अनुसार बढ्न नसकेको यर्थाथ हो ।

अर्थविद एंवम पूर्व गभर्नर दीपेन्द्र बहादुर क्षेत्री राजनैतिक परिदृष्यलाई मात्र हेरेर पूँजी बजारको विश्लेषण र टिप्पणी गर्न नहुने तर्क गर्छन । सूचिकृत कम्पनीहरुको अवस्था, निमायक निकायहरुको भूमिका र बजारमा हुने अनेक प्रकारका चलखेलले पनि बजारमा उतारचढाब आउने गरेको उनको भनाई छ ।

पूर्व अर्थसचिब रामेश्वर खनाल पनि बाम गठवन्धनकै कारण सेयर बजार तर्सनु पर्ने कारण नरहेको वताउछन । उनी भन्छन, अब बन्ने सरकारको अर्थ व्यवस्था अझै उदार र खुल्ला हुन्छ किनभने निजी व्यवसायमा वामपन्थी कै स्वामित्व बढी छ ।

इन्भेष्टर्स फोरमका अध्यक्ष अम्बिका पौडेलले अब बन्रे सरकारले ल्याउने आर्थिक नितिले पूँजी बजारको गतिलाई निर्धारण गर्ने बताए । बाम गठबन्धनको बिजय आम लगानीकर्ताका लागि अपेक्षित नै भएकाले त्यसले बजारलाई त्यति प्रभाव नपारेको वताए ।

बाम गठबन्धनले चुनाव हुनुअघि जारी गरेको घोषणापत्रमा पूँजी बजारलाई प्रत्यक्ष प्रभाव पार्ने कुनै बुँदा छैनन । राजनीतिको प्रभाव पुँजी बजारमा परेपनि बजार घटबढमा यो मात्रै प्रमुख कारण भने होइन । कम्पनीहरुको बित्तिय बिवरण, तिनीहरुले दिने प्रतिफल, बैकहरुको ब्यााजदर, व्यापार विस्तारको भावी योजना पनि सेयर बजारमा प्रभाव पार्ने प्राथमिक बिषयवस्तु हुन ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।