इन्स्योरेन्सले गत आर्थिक बर्षमा २५ करोड ५५ लाख मुनाफा कमाएपनि यो बर्ष आफ्ना सेयरधनी हरुलाई कुनै लाभांश वितरण नगर्ने भएको छ ।
विगतका दुई आर्थिक बर्षहरुमा क्रमश २३ प्रतिशत र २२ प्रतिशतका दरले बोनस बाँडेको कम्पनीले गतबर्षको कमाईबाट बोनस नबाँड्ने निर्णय गरेको हो ।
कम्पनीको चुक्ता पूँजी ५३ करोड ८२ लाख रहेको छ । सगरमाथाले ७३/७४ को कमाइबाट ७० प्रतिशत अर्थात ३७ करोड ६८ लाख रुपैयाँ बराबरको बोनस वितरण गरेर ९१ करोड ५० लाख चुक्ता पूँजी पुर्याउने योजना थियो । बीमा समितिले तोकेको एक अर्ब रुपैयाँ जुटाउन त्यसपश्चात ९.१५ हकप्रद जारी गर्ने योजना बीमा समिति मार्फत सार्वजनिक गरेको थियो ।
हेर्नुहोस् मेरोलगानीले यसअघि सम्प्रषण गरेको समाचार
.....{सगरमाथा इन्स्योरेन्सले झुक्यायो कि बीमा समितिले ? फसाईयो लगानीकर्ता}.....
इन्स्योरेन्सले बीमा समितिमा उसले बुझाएको पूँजी योजनामा नभएको बिषय बाहिर सार्वजनिक भएको आरोप लगाएको थियो । कम्पनीले भने आगामी आर्थिक बर्षमा एकमुष्ट बोनस वितरण गरेर चुक्ता पूँजी कायम गर्ने बताएको छ ।
इन्स्योरेन्सले साधारण सभामा कम्पनीको अधिकृत पूँजी एक अर्ब ५० करोडबाट २ अर्ब र हालको जारी पूँजी एक अर्बबाट एक करोड ५० करोड रुपैयाँ कायम गर्ने प्रस्ताव पारित गर्ने विशेष प्रस्ताव गरेको छ ।
त्यस्तै नाफा नोक्सान हिसाब, वासलात पारित गर्ने, लेखापरिक्षक नियुक्ती र कम्पनीको प्रबन्धपत्रमा आवश्यक संसोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने लगायतका रहेका छन् ।कम्पनीको मंगलबार प्रतिकित्ता सेयरमूल्य १४३९ रुपैयाँ रहेको छ ।