कञ्चनको अवितरित हकप्रद लिलामीमा आवेदन गर्ने आज अन्तिम दिन

Dec 12, 2017 Merolagani

कञ्चन डेभलपमेन्ट बैंकले मंसिर १५ गतेदेखि लिलामीमा राखेको सर्वसाधारण समूहको १४ हजार ५६५ कित्ता सेयरमा शिलबन्दी बोलपत्र पेश गर्ने मंगलबार अन्तिम दिन रहेको छ ।


बैंकले यसअघि असार ३० देखि भदौ १ गतेसम्म जारी गरेको ३९ हजार ५०० कित्ता हकप्रदमा अवितरित भएको सेयर लिलामी राखेको हो ।

सेयर लिलामीको लागि बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल तोकिएको छ । लिलामी आवेदन बिक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटल, राष्ट्रिय नाचघर जमलबाट आवेदन फारम भर्न सकिने छ । काठमाडौं बाहिरका आवेदकले भने ग्लोबल आइएमई बैंकको वीरगञ्ज, विराटनगर, पोखरा, बुटवल, नेपालगञ्ज र सुर्खेत शाखाबाट आवेदन फारम भर्न र बुझाउन सक्नेछन् ।

यसैगरी कञ्चन डेभलपमेन्ट बैंकको शाखा कार्यालय धनगढीबाट पनि आवदेन फारम भर्न र बुझाउन सकिने छ । तोकिएका सबै संकलन केन्द्रहरुबाट बोलकबोल आवेदन विक्री प्रबन्धकको कार्यालयमा प्राप्त भएपछि बोलपत्र खुला गरिने मिति, समय र स्थानको जानकारी दिने उल्लेख छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा कञ्चनको चुक्ता पुँजी ४४ करोड ८९ लाख ९३ हजार रुपैयाँ छ । उसले यस अवधिमा एक करोड रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी ८ रुपैयाँ ९७ पैसा कायम गरेको छ । बैंकको सेयर अन्तिम पटक २३७ रुपैयाँमा कारोबार भएको छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।