बैंकले १० बराबर ८ को अनुपातमा एक सय रुपैयाँ अंकित मूल्यका २१ लाख १२ हजार कित्ता हकप्रद शेयर निष्कासन गरेको हो । कात्तिक १४ गतेसम्म नेप्सेमा कारोबार भई कायम साविक शेयरधनीहरुले यस हकप्रदको लागि आवेदन दिन सक्नेछन्
बैंकको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एमएमबि क्यापिटल लिमिटेड रहेको छ । शेयरधनीहरुले विक्री प्रबन्धकका साथमा भार्गव विकास बैंकका सम्पूर्ण शाखा कार्यालय र एनएमबि बैंक विभिन्नको शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।
हाल बैंकको चुक्तापूँजी २६ करोड ४० लाख रहेको छ भने हकप्रद निष्कासन तथा बाँडफाँट पश्चात बैंकको चुक्तापूँजी ४७ करोड ५२ लाख पुग्नेछ । बैंककाे सेयरमूल्य साेमबार प्रतिकित्ता १७५ रूपैयाँमा काराेबार भएकाे छ ।