यसमा विक्री प्रबन्धकको काम एनआइएबिएल क्यापिटलले गरेको छ । लगानीकर्ताले न्यूनतम २०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी रकम तोकी एनआइबीएल क्यापिटल मार्केट लाजिम्पाटमा निवेदन दिनुपर्नेछ । बोलपत्र मंसिर २७ गते बुधबार दिउँसो ४ बजे एनआइबीएल क्यापिटल मार्केट लाजिम्पाटमा खुला गरिने क्यापिटलले जनाएको छ ।
निर्धनले यसअघि नेपाल ग्रामिणको संस्थापक सेयर ३०० रुपैयाँ प्रतिकित्ता न्यूनतम मूल्यमा आवेदन गर्न पाउने गरि ल्याईएकोमा सो ममूल्यमा न्यून परिमाणको सेयर मात्र विक्री भएपछि मंसिर १२ गतेदेखि एक सय रुपैयाँ घटाएर पुन: लिलामीमा ल्याएको हो ।
कम्पनीले यसअघि कात्तिक २० गतेदेखि मंसिर ६ गतेसम्म लिलामीमा राख्दा एक लाख ९१ हजार ९९२ कित्ता सेयरमध्ये ४६ हजार ४२० कित्ता मात्र विक्री भएको थियो । संस्थापक सेयर साधारण सेयर जसरी दोस्रो बजारमा सजिलै किनबेच गर्न नसकिने भएकाले पनि लगानीकर्तामा खरिदमा चासो नदेखाएका हुन् ।
चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ग्रामीण विकासले एक करोड ८० लाख ५० हजार रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी वार्षिक १२ रुपैयाँ ९६ रुपैयाँ कायम गरेको छ । गा्रमिणको साधारण सेयर सोमबार प्रतिकित्ता ७२० रुपैयाँमा कारोबार भएको छ ।