लाभांस पारित गर्न प्राइमले बोलायो साधारणसभा, कर तिर्ने झन्झट सेयरधनीलाई

Dec 13, 2017 merolagani

गतआर्थिक बर्षको मुनाफाबाट वितरण गर्ने लाभांस पारित गर्न प्राइम कमर्सियल बैंक (PCBL) ले पुस २५ गते १० औँ वार्षिक साधारण सभा बोलाएको छ । त्रिभुवन आर्मी अफिसर्स क्लब, टुंडिखेलमा हुने बैंकको साधारण सभाले २७ प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव पारित गर्देछ ।

साथै उक्त साधारणसभाले संचालक समितिको निर्वाचन समेत गर्ने बैंकले जनाएको छ । साधारण सभा प्रयोजनको लागि बैंकले पुस ५ गतेदेखि २५ गतेसम्म शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने भएको छ । बैंकले प्रस्ताव गरेको लाभांस पाउन र साधारण सभामा भाग लिन पुष ४ गतेसम्म बैंकको सेयरधनी कायम हुनुपर्नेछ ।

विराटलक्ष्मी विकास बैंक र कन्ट्री डेभलपमेन्ट बैंकलाई प्राप्ति गरेको बैंकले लगानीकर्ताको थाप्लोमा कर बोकाउने निर्णय गरेको छ । बैंकले गत वैशाख १७ गते भन्दा पछाडी बनेका शेयरधनीले लाभांस वापतको कर आफै तिनुपर्ने जनाएको छ । ०७४ बैशाख १७ गते सम्म कायम शेयरधनीले भने लाभांस वापतको कर छुट पाउनेछन् ।

बैंकले हाल कायम चुक्ता पूँजी ६ अर्ब ३२ करोड ५४ लाख रुपैयाँको २७ प्रतिशतले हुने १ अर्ब ७० करोड ७८ लाख रुपैयाँ बराबरको बोनस बितरणको प्रस्ताव गरेको हो । बोनस बितरण पश्चात बैंकको चुक्ता पूँजी ८ अर्ब ३ करोड ३३ लाख रुपैयाँ पुग्नेछ ।

गत आर्थिक बर्षमा बैंकले एक अर्ब ४८ करोड खुद नाफा कमाएको थियो । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा बैंकले ३४ करोड १७ लाख ५० हजार रुपैंया खुद नाफा गरेको छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स 

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।