सहयोगीको २४.५ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम

Dec 13, 2017 merolagani

सहयोगी विकास बैंक (SBBLJ) ले गतबर्षको कमाईबाट प्रस्ताव गरेको लाभांस सुरक्षित गर्ने बुधबार अन्तिम दिन परेको छ । पुष १५ गते हुने साधारण सभा प्रयोजनका लागि बैंकले मंसिर २८ गतेदेखि सेयरधनी दर्ता पुस्तिका बन्द गर्देछ ।

बैंकको केन्द्रीय कार्यालय, जनकपुरधाममा हुने सहयोगीको १४ औँ वार्षिक साधारण सभाले २० प्रतिशत बोनस शेयर तथा ४.५० प्रतिशत नगद लाभांशको प्रस्ताव पारित गर्नेछ ।

साधारण सभा प्रयोजनको लागि बैंकले मंसिर २८ गतेदेखि पुस १५ गतेसम्म बुक क्लोज हुने भएकाले प्रस्तावित लाभांस पाउन मंसिर २७ गतेसम्म सेयरधनी कायम हुनुपर्नेछ ।

हाल बैंकको चुक्ता पूँजी ४२ करोड ३० लाख रुपैयाँ रहेको छ । २० प्रतिशत बोनसपछि बैंकको चुक्ता पूँजी ५० करोड ७७ लाख रुपैयाँ पुग्नेछ ।

गत आवमा १३ करोड आठ लाख रुपैयाँ खुद नाफा कमाएको सहयोगीले चालु आवको पहिलो त्रैमासमा भने एक करोड एक लाख रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।