लक्ष्मी बैंकले नियमित बचतकर्तालाई ९ प्रतिशत व्याज प्रदान गर्ने, डिम्याट खाता निशुल्क

Dec 13, 2017 Merolagani

लक्ष्मी बैंक (LBL) ले नियमित आम्दानी हुने बचतकर्तालाई मासिक बचतमा नै ९ प्रतिशतको उच्चतम व्याज प्रदान गर्ने गरि “लक्षित मुद्दती” नामको नयाँ बचत खाता योजना ल्याएको छ ।

 

ग्राहकले मासिक रुपमा जम्मा गर्ने रकम सुनिश्चित गरिसकेपछि सो रकम हरेक महिना स्वतः लक्षित मुद्दतीखातामा जम्मा हुने बैंकले जनाएको छ । यस खातामा ग्राहकहरुले मासिक न्यूनतम पाँच सय रुपैयाँ वा सो भन्दा बढि रकम १ वर्षदेखि ५ वर्षसम्म जम्मा गर्न सकिने छ ।

सम्पूर्ण नयाँ तथा पुराना ग्राहकहरु “लक्षित मुद्दती” योजनामा सहभागि हुन सक्ने र प्रारम्भीक योजना अन्र्तगत वार्षिक ९ प्रतिशत सम्म व्याज प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

साथै यस लक्षित मुद्दती खाता खोल्ने सम्पूर्ण ग्राहकहरुले लक्ष्मी बैंकको भगिनी संस्था लक्ष्मी क्यपिटलमा निःशुल्क डिम्याट खाता खोल्ने सुविधा प्राप्त गर्न सक्नेछन् ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।