कुवेर मर्चेन्ट र ललितपुर फाइनान्स शर्तसहित समस्याग्रस्तबाट मुक्त, यस्तो छ राष्ट्र बैंकको निर्देशन

Dec 13, 2017 merolagani

नेपाल राष्ट्र बैंकले कुवेर मर्चेन्ट फाइनान्स (KMBSL)  र ललितपुर फाइनान्स (LFC) लाई समस्याग्रस्त संस्थाबाट शर्तसहित फुकुवा गरेको छ । राष्ट्र बैंकले यी दुई संस्थालाई छुट्टा छुट्टै निर्देशन दिँदै समस्याग्रस्त संस्थाबाट मुक्त गरेको हो । साथै राष्ट्र बैंकले ३५ दिनभित्र पूँजी वृद्धि योजना पेश गर्न भनेको छ ।

राष्ट्र बैंकको नीतिगत व्यवस्था अनुसार चुक्ता पुँजी र पुँजी कोष कायम गरेको, संस्थामा नयाँ लगानीकर्ताहरु प्रवेश गरेर संस्थालाई सुचारु गर्ने प्रतिबद्धता जाहेर गरेर सुधारोन्मुख अवस्थामा रहेको भन्दै शर्तसहित समस्याग्रस्तबाट फुकुवा गरिएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकको निर्देशन अनुसार अब यी दुई संस्थाले ०७६ मंसिरसम्ममा राष्ट्र बैंकले तोकको चुक्तापूँजी पुर्याउनु पर्नेछ । राष्ट्र बैंकले गरेको व्यवस्था अनुसार राष्ट्रिय स्तरको फाइनान्स कम्पनीले ८० करोड रुपैयाँ न्युनतम चुक्ता पुँजी पुर्याउनुपर्ने हुन्छ ।

केन्द्रीय बैंकले कुवेर मर्चेन्ट फाइनान्सलाई २०६८ पुस २३ गते र ललितपुर फाइनान्सलाई २०७१ चैत १६ गते समस्याग्रस्त घोषणा गरेको थियो ।

कुबेर मर्चेन्ट फाइनान्सले समस्याग्रस्तबाट उम्कन ६० प्रतिशत सेयर हिस्सा दिएर नयाँ लगानीकर्ता भित्र्याएको थियो । कम्पनीमा सिटी एक्सप्रेस निकट केही व्यवसायी, गैर आवासीय नेपाली तथा वैदेशिक रोजगार व्यवसायीको लगानी रहनेछ । साथै कम्पनीले नाम परिर्वतन गरेर सिटी एक्सप्रेस इन्टरनेशनल फाइनान्स लिमिटेड राख्ने निर्णय समेत गरेको छ ।

राष्ट्र बैंकको निर्देशन अनुसार दुवै कम्पनीले तोकेको चुक्तापुँजी पुर्याउन पुँजी बृद्धि योजना ३५ दिन भित्र राष्ट्र बैंकमा पेश गर्नुपर्ने छ । खराब कर्जा घटाउँदै लगेर तोकिएको सिमा भित्र राख्नुपर्नेछ । संस्थागत सुशासन, आन्तरिक नियन्त्रण प्रणाली र जोखिम व्यवस्थापन पनि चुस्त राख्नुपर्ने छ ।

त्यस्तै हाल तोकिएको चुक्ता पुँजी नपुगेको अवस्थामा एकल ग्राहक कर्जा सिमा कोर क्यापिटललको १० प्रतिशत कायम गर्ने तथा तोकिएको चुक्ता पुँजी पुरा भएको अवस्थामा हाल विद्यमान अवस्था अनुरुप एकल ग्राहक कर्जा सिमा कायम हुनुपर्ने राष्ट्र बैंक अन्र्तगत समस्याग्रस्त संस्था रिजोलुसन महाशाखाले जनाएको छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।