६ बर्षको बच्चाको आम्दानी १ अर्ब भन्दा बढी

Dec 13, 2017 AGency

एउटा ६ बर्षको बच्चाले कति कमाउन सक्ला ? तपाई भन्नुहोला कि यति सानो उमेरमा पनि बच्चाहरुले काम गर्छन् र ? तर साना उमेरका रेयान हरेक हप्ता यूट्यूबमा खेलौनाको रिभ्यू गरेर करोडौ रुपैयाँ कमाउदै आएका छन् ।

 

यु्टयूबमा रेयानको भिडियो करोडौ मानिसहरुले हेर्दै आइरहेका छन् । ६ बर्षको उक्त बच्चा रेयान टोएजरिभ्यू नामक एक यूट्यूब च्यानल चलाउने गरेका छन् । उक्त यूट्यूब च्यानलका माध्यमबाट रेयान आफ्ना दर्शकहरुलाई खेलौनाको दुनियाँमा लैजाने गर्दछन् ।

फोब्र्स म्यागेजिनले उनलाई सन् २०१७ को विश्वको सबैभन्दा बढी आम्दानी गर्ने सेलिब्रेटीको सूचीमा राखेको छ ।

सन् २०१५ मा सुरु भएको रेयान टोएजरिभ्यू का भिडियोलाई अहिलेसम्म १६ अर्ब भन्दा बढी मानिसहरुले हेरिसकेका छन् । तर यति विख्यात हुदाँहुदै पनि विश्वका धेरै मानिसहरु उनका बारेमा जानकार छैनन ।

उनको पूरा नाम के हो र उनी कहाँ बस्छन् ? यस्ता प्रश्नको जवाफ थोरै मानिसलाई थाहा छ । केवल यति मात्र थाहा छ कि उनी अमेरिकी हुन् ।

हालैमा वाशिंगटन पोस्टलाई दिएको अन्तवार्तामा रेयान की ममीले भनिन्, यूट्यूब च्यानलकाको सोच तब आयो जब रेयान तीन बर्षको थियो । रेयान सानो उमेरदेखि नै खेलौनाको रिभ्यूवाला टीभी च्यानल धेरै नै हेर्ने गरेको थियो ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

रियानले अरु बच्चा सरह ऊ पनि यूट्यूब च्यानलमा देखिन चाहेकाले हामी खेलौना पसलमा गएर एउटा लीगो ट्रेन किन्यौँ र त्यहीँबाट नै रियानको कार्य सुरु भएको थियो ।

रियानको एउटा भिडियो ८० करोड भन्दा बढी मानिसहरुले हेरेका छन् । २०१५ बाट सुरु भएको रियानको यूट्यूब च्यानल सन् २०१६ को जनवरीसम्मा १० लाख भन्दा बढी सब्सक्राइबर मिलिसकेको थियो ।

हाल रेयानको यूट्यूब च्यानलका १ करोड भन्दा बढी सब्सक्राइबर रहेका छन् ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।