नेपाल एसबिआई बैंकको बोनस सुरक्षित गर्ने विहीबार अन्तिम दिन

Dec 14, 2017 Merolagani

नेपाल एसबिआई बैंक(SBI) को १५.४२ प्रतिशत बोनस शेयर सुरक्षित गर्ने विहीबार अन्तिम दिन रहेको छ । चौबिसौँ वार्षिक साधारण सभाका लागि बैंकले मंसिर २९ गतेदेखि पुस १९ गतेसम्म शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने भएकाले विहीबारसम्म कायम सेयरधनी मात्र बोनस पाउनेछन् ।

एसबिआई बैंकले पुस १९ गते बिहान ११ बजे त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकालीमा  साधारण सभा डाकेको छ ।

साधारणा सभामा गरिएकाे विशेष प्रस्तावहरूमा १५.४२ प्रतिशत बोनस शेयर वितरण गर्ने तथा बोनस सेयर र कर प्रयोजनको लागि ०.८१५ नगद लाभांश वितरण गर्ने र सञ्चालक समितिको निर्वाचन गर्ने कार्यक्रम रहेको छ ।

हाल बैंकको चुक्ता पूँजी ६ अर्ब ९७ करोड रुपैयाँ छ । बोनस पश्चात बैंकको चुक्ता पूँजी आठ अर्ब ५ करोड रुपैयाँ नाघ्नेछ ।

बैंकले चालू आवको प्रथम त्रैमासमा ४३ करोड ८८ लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी २५ रुपैयाँ १८ पैसा कायम गरेको छ । बैंकको सेयर बुधबार प्रतिकित्ता ७४२ रुपैयाँमा कारोबार भएको छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।