बोनस पारित गर्न लुम्बिनी जनरलले पुस १४ गते अमृतभोग पार्टी प्यालेस डिल्लीबजारमा बिहान ११ बजे १३ औं बार्षिक साधारण सभा बोलाएको छ ।
इन्स्योरेन्सले साधारण सभाबाट १० करोड रुपैयाँ बराबरको बोनस अर्थात चुक्ता पूँजीको १२.८२ प्रतिशत बोनस तथा कर प्रयोजनका लागि ०.६७ प्रतिशत नगद लाभांश पारित गर्देछ ।
७८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको बोनसपछि ८८ करोड रुपैयाँ चुक्ता पूँजी पुग्नेछ । बीमा समितिले दिएको. निर्देशन अनुरुप कम्पनीले २०७५ असार मसान्तसम्ममा १२ करोडले बढाएर एक अर्ब पूँजी कायम गर्नुपर्नेछ ।
चालु आर्थिक वर्षको प्रथम त्रैमासमा लुम्बिनी जनरल इन्स्योरेन्सले तीन करोड नौं लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी १५ रुपैयाँ ८४ पैसा कायम गरेको छ ।
कम्पनीको सेयर बुधबार प्रतिकित्ता ७७६ रुपैयाँमा कारोबार भएको छ ।