नेप्सेमा आगलागीका कारण सर्भर डाउन, कारोबार समय थपिने

Dec 14, 2017 Merolagani

काठमाडाैं । गएराति लागेकाे अागाेका कारण प्राविधिक समस्या अाएपछि नेप्सेकाे काराेबार नियमित समयमा सुरू हुन सकेकाे छैन । प्राविधिकहरू  सर्भर नियमित बनाउन प्रयास गरिरहेका छन् ।

नेप्सेका प्रवक्ता मुराहरी पराजुलीका अनुसार केही समयमा नै सर्वर सञ्चालनमा  ल्याउन प्रयास भर्इरहेकाे छ । पराजुलीका अनुसार काराेबारमा असुबिधा भएकाले सर्वर सञ्चालनमा अाएपछि काराेबारकाे समय थप गरिने छ ।

स्टक एक्सचेन्जको भद्रकालीस्थित कार्यालयमा गए राति करिब सवा नौ बजेतिर आगो लागेको हो । विद्युत सर्ट भएर कार्यलयको पहिलो तल्लाकाे उत्तरतर्फकाे काेठामा क्षति पुगेको थियाे ।

तत्कालै अग्निनियन्त्रक र सुक्षाकर्मीले अागाे नियन्त्रणमा लिएका थिए । कार्यलयको कुनै पनि महत्वपूर्ण कागज पत्रमा आगलागीबाट हानी नपुगेकाे नेप्सेले बताए पनि विहिबार कार्लय समयमा नेप्सेकाे सर्भर नियमित  सञ्चालनमा  अाउन  सकेन ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।