सर्भर मर्मतपछि सेयर कारोबार सूचारू

Dec 14, 2017 Merolagani

नेपालको एक मात्र सेयर कारोबार गर्ने कम्पनी नेपाल स्टक एक्सचेन्चमा आगलागीका कारण डाउन भएको सर्भर सुचारु भएको छ । बिहान ११ बजेबाट सुरु हुने सेयर कारोबार कम्पनीको सर्भर नचल्दा १ घण्टा ५५ मिनेट ढिलो गरी १२: ५५ बजेबाट मात्र सुरु भएको हो ।

नेप्सेका प्रवक्ता मुराहरी पराजुलीका अनुसार ढिला सुरु भएको सेयर कारोबारले बजारमा असर नपरोस भनेर कारोबार समय २ घण्टा थप गरीएको जानकारी दिए ।

विद्युत र्सट भएर बुधबार राती सवा नौ बजेतिर नेप्सेको पहिलो तल्लामा आगो लागेको थियो । स्टक एक्सचेन्जको भद्रकालीस्थीत कार्यलयमा गए राति सवा नौ बजेतिर आगो लागेको हो । अगलागिका कारण पहिलो तल्लाको उत्तर तर्फको कोठामा क्षती पुगेको थियो ।

तत्कालै अग्निनियन्त्रक र सुक्षाकर्मीले आगो नियन्त्रणमा लिएका थिए । कार्यलयको कुनै पनि महत्वपूर्ण कागज पत्रमा आगलागीबाट हानी नपुगेको नेप्सेले बताए पनि विहिबार कार्लय समयमा नेप्सेको सर्भर नियमित सञ्चालनमा आउन सकेको थिएन ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।