सानिमा हाइड्रोको लिलामी सेयर बाँडफाँड, कटअफ कति ?

Dec 14, 2017 Merolagani

सानिमा हाइड्रोपावर कम्पनी(SHPC) ले मंसीर ११ देखि २० सम्म लिलामीमा राखेको एक लाख ४६ हजार ५९२ कित्ता साधारण सेयर बुधबार सनराइज क्यापिटमा बाँडफाँड भएको छ ।



विक्री प्रबन्धक सनराईज क्यापिटलले दिएको प्रारम्भिक जानकारी अनुसार ५०५ रुपैयाँदेखि माथि मूल्यमा शिलबन्दी बोलपत्र पेश गरेका सबै लगानीकर्ताले हाइड्रोको सेयर पाएका छन् । ५०४ रुपैयाँमा आवेदन गर्ने लगानीकर्ताले भने आंशिक रुपमा सेयर प्राप्त गर्नसक्ने अवस्था देखिएको क्यापिटलको भनाई रहेको छ ।

एक लाख ४६ हजार ५९२ कित्ता साधारण सेयरका लागि एक हजार दुई सय ९७ जनाले बोलपत्र पेश गरेका थिए । साधारण सेयरका लागि अधिकतम ५५४ रुपैयाँसम्मको आवेदन परेको क्यापिटलले जनाएको छ ।

गत भदौ २९ गतेसम्म शतप्रतिशत प्रतिशत बराबरको एक करोड पाँच लाख ५० हजार कित्ता हकप्रद बिक्री गर्दा अवितरित भएको सेयर कम्पनीले लिलामीमा राखेको थियो ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सानिमामाई हाइड्रोपावर लिमिटेडको नाफा दुई करोडले घटेर १५ करोड १९ लाख रुपैयाँ मात्र खुद नाफा गरेको छ । कम्पनीको सेयरमूल्य विहीबार प्रतिकित्ता ५४० रुपैयाँ  हाराहारी रहेको छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।