सिभिल लघुवित्तले बोनस पारित गर्न पुस २१ गते बोलायो साधारण सभा

Dec 14, 2017 Merolagani

सिभिल लघुवित्त (CLBSL)  ले चुक्ता पुँजीको ४.५ प्रतिशत वोनस सेयर पारित गराउन पुस २१ गते बिहान ११ बजे सि. डब्लु, रेष्टुरेण्ट कमलादीमा छैठौं वार्षिक साधारण सभा बोलाएको छ ।

साधारण सभामा ४७ लाख २५ हजार रूपैयाँकाे बाेनस सेयर वोनस सेयर तथा कर प्रयोजनको लागि दुर्इ लाख ४८ हजार ६८४ रूपैयाँ नगद लाभांश पारित गर्ने प्रस्ताव रहेको छ ।

१० करोड ५० लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको बोनसपछि १० करोड ९७ लाख २५ हजार रुपैयाँ पुग्नेछ ।

साधारण सभा प्रयोजनको लागि लघुवित्त कम्पनीले पुस ७ गतेदेखि साधारण सभासम्म शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने भएको छ ।

यसअनुसार पुस ६ गतेसम्म नेपाल स्टक एक्सचेन्जमा कारोबार भई कायम रहेका सेयरधनी मात्र बोनस प्राप्त गर्न र साधारण सभामा भाग लिन पाउनेछन् ।

कम्पनीले आर्थिक बर्ष २०७४/७५ को पहिलो त्रैमासमा १८ लाख चार हजार रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको सेयर विहीबार प्रतिकित्ता १०३० रुपैयाँ रहेको छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।