प्रभु लाइफ इन्स्योरेन्सको कारोबार आजबाट शुरु,४० करोड रुपैयाँको साधारण शेयर जारी गर्ने

Dec 14, 2017 merolagani

प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले बिहिबारदेखि कारोबार सुरु गरेको छ । बीमा समितिका अध्यक्ष चिरञ्जिबी चापागाईँले एक समारोहका बिच उदघाटन गरे । प्रभु समूह, प्रभु बैंक,सांग्रिला विकास बैंक र मुलुकका अन्य प्रतिष्ठित व्यवसायिक समूहको लगानीमा इन्सुरेन्स संचालनमा आएको छ ।

कार्यक्रममा बीमा समितिका अध्यक्ष चापागाईँले बिमाको सम्भाब्य बजार धेरै भएकाले थप नयाँ बीमा कम्पनीलाई अनुमति दिएको बताए । उनले बीमा कम्पनी संचालनमा आउँदा थप रोजगारी पाउने र बीमा बजारलाई पनि विस्तार गर्न सघाउ पुर्याउने दाबी गरे ।

प्रभु समूहका अध्यक्ष देवीप्रकाश भट्टचनले अव राजनीतिक संक्रमण सकिने बिश्वास गर्दै अर्थतन्त्रले समेत नयाँ उचाई लिने र बीमा बजार पनि गतिशील हुने बताए । भट्टचनले प्रभु जीवन बीमा कम्पनीले जीवन बीमा बजारमा महत्वपूर्ण स्थान बनाउने दाबी गरेका छन्।

दुई अर्ब चुक्ता पूँजी रहेको प्रभु लाइफ इन्स्योरेन्स कम्पनीमा संस्थापक शेयरधनीले १ अर्ब ४० करोड लगानी गरेका छन । कम्पनीले केही समयभित्रै ४० करोड रुपैयाँ बराबरको साधारण शेयर जारी गर्ने निर्णय गरेको छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।