दुर्गम जिल्लाहरुमा बैँकिङ्ग पहुँच पुर्याउँदै महालक्ष्मी विकास बैंक, दार्चुलाको गोकुलेश्वरमा शाखा विस्तार

Dec 14, 2017 Merolagani

विकास बैँकहरुमा सबैभन्दा बढी चुक्ता पुँजी भएको महालक्ष्मी विकास बैंक सुदुरपश्चिमको दुर्गम जिल्लाहरुमा बैँकिङ्ग पहुँच पुर्याउन केन्द्रीत भएको छ ।

यसै क्रममा महालक्ष्मी विकास र्बैंकले मंसिर २८ गते बिहिबारदेखि दार्चुलाको गोकुलेश्वरमा बैँकको ७० औँ शाखा सञ्चालनमा ल्याएको छ । बैँकको यस शाखासँगै शाखा संख्या ७० पुगेको छ भने ३५ एटिएम संख्याबाट बैंकिङ्ग सेवा प्रदान गर्दे आईरहेको छ ।

यसअघि पनि दुर्गम स्थानमा शाखा विस्तार गर्ने क्रममा महालक्ष्मी बैंकले मंसिर १४ गते बैतडिको पाटन, बाजुराको मार्तडी, बझाङको चैनपुर, दाङको घोराहीमा एकसाथ चार शाखा विस्तार गरेको थियो ।

कात्तिक मसान्तसम्म बैँकले २५ अर्ब ४३ करोड रुपैयाँ निक्षेप संकलन गरी २० अर्ब १२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको जनाएको छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।