बैठकले चुक्ता पूँजीको १० प्रतिशत बोनस ( एक करोड २१ लाख ५० हजार रुपैयाँ) तथा बोनसमा लाग्ने कर प्रयोजनका लागि ६ लाख ३९ हजार ४७४ रुपैयाँको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । यसअघि गत असार २३ गते एकैदिन सम्पन्न पाँच आर्थिक बर्षको साधारण सभाले एकमुष्ट २० प्रतिशत बोनस सेयर प्रस्ताव पारित गरेको थियो ।
प्रस्तावित बोनस बीमा समितिको स्वीकृति तथा एभरेष्टको आगामी २३ औं बार्षिक साधारण सभाबाट अनुमोदन भएपछि मात्र सेयरधनीलाई वितरण हुनेछ ।
चालू आर्थिक बर्षको प्रथम त्रैमासिक प्रतिवेदन अनुसार कम्पनीको चुक्ता पूँजी १२ करोड १५ लाख रुपैयाँ रहेको छ । यस अवधिमा कम्पनीले ४४ लाख ८५ हजार रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी १४ रुपैयाँ ७६ पैसा कायम गरेको छ ।