अागलागीका कारण दुर्इ घण्टापछि सूचारू भएकाे बजारमा सामान्य गिरावट

Dec 14, 2017 merolagani

गएराती आगलागीका कारण सर्भर डाउन भएपछि करीब दुर्इ घण्टापछि शुरू भएको बिहीवारको सेयर बजार सामान्य  रूपमा घटेको छ । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनपछि लगातार घटेको बजार बुधवार दोहोरो अंकले बढेर आशा जगाउने दिशामा गएपनि बिहीवार ०.५९ अंक घटेर  नेप्से परिसूचक १५२०.१५ मा अडिएकाे छ ।

बिहीवार १५३ कम्पनीका १४ लाख ८४ हजार कित्ता सेयर ४५ करोड ३१ लाख रूपैयाँमा खरिदविक्री भएकाे छ । । कारोवार रकम अघिल्लो दिनको तुलनामा झण्डै ४ करोड रूपैयाँले घटेकाे छ । 

राष्ट्र बैकले सर्शत समस्याग्रस्त कम्पनीबट हटाएको कुवेर मचेण्ट बैक र ललितपुर फाइनान्सका लगानीकर्ताले बुधवारजस्तै बिहीवार पनि करीब दश प्रतिशतले कमाएका छन्र भने कालिका माइक्रोक्रेडिट लघुवित्तकाे सेयरमूल्य पनि दश प्रतिशतले बढेकाे छ ।  

 

यसदिन सबैभन्दा बढी नेपाल ग्रामिण बिकास बैकको ३ करोड ९७ लाख रूपैयाँकाे शेयर किनबेच भएको छ भने ग्लोवल आइएमई बैंकको पनि ३ करोड ५१ लाख बरावरको सेयर किनबेच भएको छ । स्टाण्डर्ड चाटर्ड, इन्भेष्टमेन्ट बैंककाे संस्थापक सेयर, हिमालयन जनरल इन्स्याेरेन्स कम्पनीकाे पनि दुर्इ कराेड रूपैयाँ बढीकाे सेयर किनबेच भएकाे छ । 

बुधवार सबै समूह उकालाे लागेपनि बिहीवार भने व्यापार, फाइनान्स, उत्पादन, माइक्रोफाइनान्स र अन्य समूहका उपसूचक बढेपनि  बाणिज्य बैंक, होटल, विकास बैक, हाइड्रोपावर र इन्स्याेरेन्सको उपसूचक घटेका छन् ।

यसदिन हिमालयन जनरल इन्सोरेन्सका लगानीकर्ताले करीब ६ प्रतिशत र सानिमा माई हाइड्रोका लगानीकर्ताले चार प्रतिशतल गुमाएका छन् । 

 

बजार घटेसँगै लगानीकर्ताकाे  सम्पत्ति नाप्ने  कूल बजार पूँजीकरण १७ खर्व ६७ अर्व रूपैयाँमा सीमित भएकाे छ । बुधबार समग्र बजार पूँजीकरण १७ खर्ब ६८ अर्ब रूपैयाँ रहेकाे थियाे । 

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।